Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपा नेताको चेतावनी

\"\"काठमाडौं, १० असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सरकारलाई समर्थन दिएको तीन बुँदै समझदारी एकतर्फी रुपमा सरकारले भंग गरिपछि समर्थन फिर्ता लिने चेतावनी दिएको हो । राजपाको केन्द्रीय निकायले समर्थन फिर्ता लिने निर्णय गरिसकेको छैन् । राजपाका नेता हृदयेश त्रिपाठीले पार्टीले सम्भवतः चुनावपछि उक्त निर्णय लिने बताए । उनले भने ‘हामीले समर्थन दिएको तीन बुँदै समझदारी एकतर्फी रुपमा सरकारले भंग गरिसके पछि समर्थन फिर्ता लिनुको विकल्प रहेन ।’ संविधान संशोधनको निम्ति आवश्यक दुई तिहाई बहुमतको निम्ति थोरै सांसदको अभाव रहेका बेला सरकारका निम्ति राजपाको साथ अनिवार्य हुनेछ । तर त्यसप्रति पनि उनिहरुको विश्वास कमजोर बन्दै गएको देखिन्छ। राजपा नेपालको अध्यक्ष मण्डलका अनिल झाले भने ‘संशोधन दशैं, तिहार, छठ, विवाह पञ्चमी, मकर संक्रान्ति र होलीपछि भन्दा भन्दै दश महिना बताइसके। अब हामी सिद्धिसकेपछि संशोधन गर्ने भनेको त तिम्रो मृत्युपछि श्राद्धको प्रसाद खान आउँछु भने जस्तै हो ।’ चेतावनी मिश्रित शैलीमा नेता त्रिपाठी भन्छन्, हामीले धेरै थोकबाट माया मार्दै छौं । काठमाण्डौं र मधेसको दूरी धेरै बढिसकेको छ। सम्बन्ध बिच्छेद हुन मात्रै बाँकी छ, केही दिनभित्रै यो प्रष्ट देखिन्छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य अनिल झाले प्रधानमन्त्री शेरबहादुर देउवासँग केही दिनअघि भेट गरेका थिए । उक्त अवसरमा देउवाले संविधान संशोधन गर्नेतर्फ संकेत गर्दै राजपाले आफूलाई लगाएको गुण तिर्ने वचन दिएको बताइएको थियो । उक्त प्रसंगमा त्यति महत्व नदिएर नेता झाले भने, इमान्दार असामीको त्यो गुण हो । ऋण काढेको असामीले तिर्छु–तिर्छु भन्छ तर भए न तिर्ने हो । तिर्नै नसके उसको मृगौला झिक्ने कुरा पनि भएन । देउवाजी कमसेकम इमान्दार असामी हुनुहुन्छ । चुनाव रोक्ने धम्की दिएको राजपा नेपाल यतिबेला सरकारको दृढता सामु कमजोर देखिएको छ । तर सरकारले मधेसको एउटा राजनीतिक शक्तिलाई आफुलाई किनारा लगाइएको अनुभूति गराउन नहुने मत बलियो पाइन्छ । यदि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारको बुहमत भने कायम रहन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE