Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

घोराही पुगेर मुस्लिम बने माओवादी नेता पुन !

\"\" दाङ, ८ असार । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुन ‘अनन्त’ मुस्लिम भेषमा दाङमा चुनावी सभालाई सम्बोधन गर्न पुगेका छन् । बिहिवार दाङको घोराही उपमहानगरपालिका १४ र १५ ले संयुक्त रुपमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्वोधन गर्न पुन दाङ पुगेका हुन् । पुनले दाङको सन्दर्भमा अहिलेको चुनाव प्रदेश राजधानीको बहस नै मुख्य एजेण्डा भएको बताएका छन् । दाङवासीको चाहना प्रदेश राजधानी दाङ भएकाले जुन दलले भित्रैदेखि यो एजेण्डा उठाउँछ, त्यसले चुनाव जित्ने स्थिति देखिएको उनले बताए । नेता पुनले स्थानीय चुनाव दाङ प्रदेश राजधानी बनाउने या नबनाउने जनमत संग्रहको एउटा रुप भएको पनि बताए । ‘तपाइले राजधानी प्रदेश राजधानी बनाउनुपर्छ भन्ने दललाई जिताउनुहुन्छ वा प्रदेश राजधानी अन्यत्रै लैजाने मनशाय बोकेकका दललाई जिताउनुहुन्छ, यो दाङवासीका लागि जनमत संग्रहजस्तै बनेको छ’– उनले भने । केही दलले स्पष्टरुपमा प्रदेश राजधानी बुटवल लैजान खोजेको, केही दलले जहाँ गयो त्यही प्रदेश राजधानी बनाउनुपर्छ भन्ने गरेको उल्लेख गर्दै उनले माओवादीले भित्रैदेखि प्रदेश राजधानी दाङ बनाउनुपर्छ भन्ने चाहिरहेको बताए । त्यही भएर पार्टी प्रदेश कार्यालय दाङमा स्थापना गर्नेदेखि माओवादी नेतृत्वकै सरकारले प्रदेश राजधानी स्थापनालाई सहयोग पु¥याउन उच्च अदालत दाङमै स्थापना गरेको पनि उनले बताए । \"\" दाङको घोराही उपमहानगरपालिका १४ र १५ ले संयुक्तरुपमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले कतिपय पुराना भनिने दलले उठाउँदै आएको बोल्न पाउने तर खान नपाउने लोकतन्त्रको युग अब समाप्त भएको ठोकुवा गरे । जनताले राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गरेको समावेशी र सहभागितामूलक लोकतन्त्र नै आजको लोकतन्त्र भएको उल्लेख गर्दै उनले यो नयाँ ब्यवस्थाको सर्जक माओवादी भएको बताए । देश धेरै अघि बढिसकेको भए पनि कांग्रेस एमालेलगायतका दलहरुले अझै पुरानै एजेण्डा अघि सार्ने गरेको दावी गर्दै नेता पुनले अब बासी नारा अघि नसार्न आग्रह गरे । हिजो गणतन्त्र, संघीयताजस्ता परिवर्तनका लागि आवाज उठाउँदा आफूहरुमाथि बल प्रयोग गरिएको उल्लेख गर्दै उहाँले तिनै बल प्रयोग गर्ने शक्तिहरु अहिले परिवर्तनको पक्षमा आए पनि उनीहरुले परिवर्तनको नेतृत्व भने गर्न नसक्ने पुनको दावी गरे । ‘जसले बच्चा जन्माउँछ, बच्चाको मायाँ उसलाई नै हुन्छ र उसले नै बच्चा राम्रोसँग हुर्काउँछ’– नेता पुनले भने ‘अहिलेको परिवर्तन माओवादी आन्दोलनको उपलब्धि हो, त्यसैले नयाँ संरचनाको नेतृत्व पनि माओवादीले मात्र गर्नसक्छ ।’ पूर्वमन्त्री पुनले बिहीवार घोराहीको ट्राफिक चोकदेखि निमाहल–दूरसञ्चार–पुरानो बैंक रोड–दामोदर चोकसम्मको घरदैलोमा भाग लिएको थियो । त्यस्तै उहाँले बिहीवार नै घोराही १८ तल्लो फुर्सेखाली, लमही र राजपुरको कटबेरुवामा आयोजित चुनावी सभालाई पनि सम्वोधन गरेका थिए ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE