Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

काठमाडौं, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ बर्षको उमेरमा उपचारको क्रममा भारतको नयाँ दिल्ली स्थित मेदान्ता अस्पतालमा  बुधबार राती १०ः४४ बजे निधन भएको छ । उपचारको क्रममा चैत्र २६ मा दिल्ली पुर्‍याइएका उनलाई बुधबार स्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । यस अघि मुटु रोगबाट पिडित रहेका थापाको पछिल्लो समय आन्दामा समस्या देखिएपछि दिल्लीस्थित मेदान्तामै पेटको सफल शल्यक्रिया गरिएको थियो । शुक्रबार आन्द्राको सफल शल्यक्रियापछि थापालार्इ चिकित्सकहरुले थप १५ दिन अस्पतालमै बसेर आराम गर्नुपर्ने सल्लाह दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका थापाको लामो राजनीतिक जिवनमा उनी पञ्चायत हुँदै प्रजातन्त्रको पुनःस्थापनापछि गरी ५ पटक प्रधानमन्त्री भए । तत्कालीन राजा महेन्द्रद्वारा २०१५ सालमा गठित सल्लाहकार सभामा थापा अध्यक्ष भएका थिए । त्यसपछि थापा पञ्चायती व्यवस्था आगमनसँगै मन्त्री, मन्त्रिपरिषद् उपाध्यक्ष, अध्यक्ष हुँदै प्रधानमन्त्री बनेका थिए । लामो सयम पञ्चायती शासनको हिमायती बनेका कारण सत्तामा रहेका थाप पञ्चायती शासनको उत्तरार्धमा भने उदारबादी राजनीतिज्ञका रुपमा उभिएका थिए । स्पष्ट, निर्भिक र अडान लिन सक्ने नेताका रुपमा छवि बनाएका थापाले २०२९ सालमा राजदरबार र सिंहदरबारबीचको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए । त्यही भनाइका आधारमा दरबारले उनलाई १४ महिना जेल हालेको थियो । नेपालको इतिहासमा अत्यन्त विवादास्पद रहेको पञ्चायत कि बहुदल भन्ने जनमतसंग्रहका समयमा उनलाई पञ्चायती शासनले प्रधानमन्त्री नियुक्त गरेको थियो । जनमतसंग्रहलाई पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो । २०४० मा राष्ट्रिय पञ्चायतमा उनलाई अविश्वासको प्रस्ताव ल्याएर हटाइएपछि थापाको र राजा विरेन्द्रको सम्बन्ध चिसिन पुग्यो । त्यसपछि उनले राजदरबार र सिंहदरबारबीचको शासन अन्त्य हुनु पर्ने अभिब्यक्ती दिएका थिए । पञ्चायतका हस्तीका रूपमा चिनिएका थापा प्रजातन्त्र पुनःस्थापनापछि समेत शक्तिमै रहे । नेपाली कांग्रेसको समर्थनमा उनी २०५४ असोजमा पुनः प्रधानमन्त्री भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासन लिएपछि  २०६० सालमा उनलाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए । उनी राजनीतिमा ६० वर्ष निरन्तर सक्रिय रहे । धनकुटाको मुगा गाविसमा जन्मेका थापा राजधानीको मालीगाउँमा बस्दै आएका थिए । उनका छोरा सुनील थापा वाणिज्य तथा आपूर्तिमन्त्री छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको आकास्मीक बैठक बोलाइएको छ । पार्टी अध्यक्ष पशुपति शम्शेर जबराले विहान ९ बजे पार्टीको बैठक बोलाएका हुन् । पार्टी सहप्रवक्ता रहेका किरण गिरीले एक विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी गराएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending