Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

कांग्रेस कार्यालयमा तोडफोड, राजपाका अध्यक्षसहित दर्जन बढी पक्राउ (भिडियो/फोटो)

\"\"नवलपरासी, ३० जेठ । जिल्लाको बुद्धचोकमा राजपा नेपाल पार्टिका जिल्ला संयोजक सहित दर्जन बढि नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । राजपा नेपालका कार्यकर्ताले एमाले को गाडिमा तोडफोड गर्दा प्रहरीले पक्राउ गरेको हो । मंगलवार (आज) दिउसो १ बजेको समयमा राजपाका नेता तथा कार्यकर्ताहरुले लु ५ प ३९५८ नम्बरको रातो मोटरसाईकलमा तोडफोड गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाईकलमा एमालेको झन्डा लगाएर बन्दमा घुम्दै गरेको भन्दै तोडफोड गरेका थिए । राजपा नेपाल पार्टिका जिल्ला संयोजक पुरन चौधरी मधेशी थरुहट लोक्तान्त्रिक मोर्चा संयोजक तथा राजपा नेपालका जिल्ला नेता मुकुरजी गिरी, राजपा जिल्ला सचिव राधेरमन पाण्डे, निरज रौनियार, शैलेश यादव लगायत अन्य गरी एक दर्जन बढि कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेको थियो । (भिडियो हेर्नुहाेस)   राजपा नेपाल पार्टिले प्रदर्शन गर्न खोज्दा प्रदर्शनकारी पक्राउ परेपछि परासी झन तनावपुर्ण बन्दै गएको छ । राजपाका नेता तथा कार्यकर्तालाई पक्राउ परेको भन्दै जिल्ला प्रहरी कार्यलय अगाडि नारावाजि समेत गरेका । दिउसो १ वजे पक्राउ परेका आन्दोलाकारी हरुलाई प्रहरीले ४ वजे विना मुद्धा छोडेको राजपा नेपालका जिल्ला संयोजक पुरन चौधरीले बताएका छन् । आन्दोलनकारीहरुले नेपाली कांग्रेसको क्षेत्र नं ५ को पार्टि कार्यालयमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय ले आन्दोलनकारी लाई छोड्दा फर्किने क्रममा नेपालि कांगे्रेसको कार्यालय को बोर्ड तथा कार्यालय भित्र रहेको पलाष्टिकका कुर्सीहरु र दराजको सिसामा तोडफोड गरेका हुन । विहानै देखि परासी बजारमा पटक पटक झडप हुदाँ बजार तनावपुर्ण बन्दै गएको छ । राजपा नेपाल पार्टिले आज देखि गरेको बन्दले गर्दा प्रहरी र राजपाबीच तनाव बढदै गएको छ । आज विहान राजपा नेपालको बन्दमा भैरहवाबाट परासी बजारमा आएको बा १४ च ७०६९ नम्बरको गाडिमा बन्दाकर्ताहरुले तोडफोड गरेका थिए । गाडिमा तोडफोड हुदाँ प्रहरीले सो गाडि नियन्त्रणमा लिन खोज्दा केहीवेर झडप पनि भएको थियो । \"\" \"\"   \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE