Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

किन दुख्छ पूर्णकेशरीलाई जुजुभाइले जिब्रो छेड्दा ?

भक्तपुर, परापूर्वकालदेखि निरन्तर रुपमा चल्दै आएको थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न पाँचो गणेशको दक्षिण फर्केको पाटीअगाडि हजारौँको भीड तँछाडमछाड गरिरहेको हुन्छ । पाटीमा बनाइएको मञ्चमा त्यही भीडलाई देखाएर १० इन्च लामो र मोटो फलामको सियो ३६ वर्षका जुजुभाइको जिब्रोमा छेडिँदा यता घरमै बसेकी पूर्ण केशरीलाई भने दुखिरहन्छ । परम्परा जोगाउन २०६५ सालदेखि जिब्रो छेड्न थालेका जुजुभाइको २०६८ मङ्सिरमा थिमी भुलाखेलकै पूर्ण केशरीसँग विवाह भएपछि भने उनलाई यस्तो भएको हो । पूर्णकेशरी भन्छिन्, \'विवाहअघिसम्म जिब्रो छेड्दा कस्तो होला भन्ने कौतुहलता मात्रै हुन्थ्यो तर जिब्रो छेड्ने व्यक्तिसँगै बिहे भएपछि भने प्रत्येक वैशाख २ गते जिब्रो छेडेर उहाँ घर नआएसम्म मलाई दुखिरहन्छ ।\' जब चैत महिना सुरु हुन्छ, तब जुजुभाइलाई भन्दा बढी चिन्ता लाग्छ पूर्ण केशरीलाई । \'मलाई चैत लागेदेखि नै चिन्ताले सताइरहन्छ, अब जिब्रो नछेड्नुस् भनेर कति भने, तर उहाँ मान्नु हुन्न ।\' जिब्रो छेडेर वरिपरि महाद्वीप बलेको ठूलो गोलाकारको भ्वायः बोकेर जुजुभाइ करिब पौने एक घन्टासम्म बोडेको चोकचोक, गल्लीगल्ली घुमिरहँदा उनलाई भने घरमा बालेको सुकुन्दा निभ्छ कि भन्ने चिन्ताले सताइरहन्छ । पूर्णकेशरी भन्छिन्, \'घरभरि पाहुना हुन्छन्, पाहुनालाई भोज खुवाउनुपर्छ, फेरि घरमा सुकुन्दा बालिएको हुन्छ, उहाँ जात्रा सकेर नफर्केसम्म त्यो सुकुन्दा निभ्छ कि भन्ने डर पनि लागिरहन्छ\', त्यो सुकुन्दा निभ्नु हुँदैन भन्ने भनाइ छ । जिब्रो छेडेको टेलिभिजन र फोटोमै हेरेर चित्त बुझाउने गरेको पूर्णकेशरीलाई जब जात्रा सिध्याएर सकुशल जुजुभाइ घर फर्कन्छन्, तब सबभन्दा धेरै आनन्द लाग्छ । उनि भन्छिन्, \'साँच्चै नै कताकता दुखिरहन्छ, जिब्रो छेडेर टोलटोल घुम्दा जुजुभाइकी जय भनेको आवाज सुन्दा पनि मन पिरोलिरहन्छ, जब जात्रा सकेर घर फर्कनुहुन्छ, त्यसपछि मात्र आनन्द लाग्छ ।\'

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending