Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

‘चुनाव कुनै हालतमा सर्दैन, तयारी पूरा’

\"\"काठमाडौँ, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

आज रिपोर्टस क्लबमा बोल्दै उहाँले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताए । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ । प्रमुख आयुक्त यादवले आयोगका तर्फबाट कुनै अप्ठेरो अवस्था नभएको र राजनीतिक दृष्टिकोणबाट भने अझै केही अप्ठेरो अवस्था बाँकी रहेकोे बताए । उनले भने, ‘‘राजनीतिक रुपले केही क्षेत्रमा भने सहज वातावरण भइनसकेको अवस्था छ । सरकार, सत्तापक्ष र असन्तुष्ट दलबीच सहमतिको प्रयास भइरहेको छ । सबै स्थानमा सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ भनी पटक/पटक गृहमन्त्रालयलाई अनुरोध गर्दै छलफल जारी राखिएको छ ।’’ निर्वाचन आयोगले निर्वाचनमा आचारसंहितालगायत निर्वाचन विवाद सम्बन्धी घटनाको अुनगमन गरी विवाद समाधान गर्न सहसचिवस्तरको अनुगमन टोली खटाउने निर्णय गरेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले यसरी खटिने सहसचिवका लागि आजैबाट प्रशिक्षण सुरु गरिएको बताए । त्यसबाहेक सुक्ष्म अनुगमन टोली पनि संवेदनशीतलाका आधारमा खटाइने उनको भनाइ छ । असन्तुष्ट दलले निर्वाचनको मिति सार्न गरिरहेको आग्रहबारे प्रमुख आयुक्त यादवले असार १४ को निर्वाचनलाई कुनै पनि हालतमा सार्न नमिल्ने स्पष्ट पारे । उनले भने, ‘‘आमजनता, मतदाता पूर्णरुपमा निर्वाचनको पक्षमा छन् । कुनै हालतमा मिति सर्दैन । मिति सर्ने कुरामा शङ्का नगरौँ । यसका लागि हामी पूर्ण तयारी गर्दै निर्वाचन सफल बनाउन प्रतिवद्ध छौँ । त्यसै चुनाव सर्दैन ।’’ मनसुन सुरु हुने महिना भएकाले मध्य असारमा वर्षा हुनेलगायतका प्राकृतिक समस्या आइपर्नसक्ने भन्दै सम्भावित प्राकृतिक समस्या आइपर्ने कुरालाई मध्यनजर गर्दै आयोगले मतदातालाई सुरक्षा दिई मतपेटिकाको सुरक्षित ढुवानीका लागि पनि तयारी गरिसकेको उहाँले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE