Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

एमाले निकट भनि लगाइएको आरोप झुठ : विवेकशील नेपाली दल

\"\"काठमाडाैं, ३० जेठ । विवेकशील नेपाली दल लाई एमाले निकट भनि लगाईएको आरोप झुठो हो भनि दलले एक प्रस विज्ञप्ति सार्वजिनक गरेको छ । दलका सदस्य, समर्थक, शुभचिन्तक एवं आमनागरिकलाई पार्टिको सिद्दान्तबाट कतिपनि बिचलित नभई नेतृत्व निर्माणमा जुट्न दलले आव्हान गरेको छ । भर्खरै सम्पन्न स्थानीय तहको प्रथम चरणको निर्वाचनको सेरोफेरोमा विवेकशील नेपाली दललाई बद्नाम गर्ने उदेश्यले ‘नेकपा एमालेसँग निकट रहेको’ भनेर गर्न खोजिएको प्रचारप्रति दलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । \"हामी भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलताको नीतिबाट कदापी बिमुख हुने छैनौं, स्वास्थ्य लगायतका क्षेत्रमा ब्याप्त लुटतान्त्रिक पद्धति विरुद्ध निरन्तर खबरदारी जारी राख्नेछौं\" दलका प्रवक्ता रमेश पौड्यालले बताए । विवेकशील नेपालीको स्थापनाकाल देखि हालसम्मको यात्रालाई या त नबुझेको वा बुझेर पनि नेपाली राजनीतिमा यस दलको जवरजस्त उपस्थितिबाट अत्तालिएको शक्तिले यो झुठो प्रचार गरिरहेको दलले जनाएको छ । नेकपा एमाले लगायत अन्य प्रमुख दललाई हेर्ने विवेकशील नेपालीको दृष्टिकोणमा कहींकतै अन्यौल एवं अस्पष्टता नभएको विज्ञप्ति मार्फत जानकारि दिएको छ । डा गोविन्द केसीले प्रति विवेकशील नेपाली दलले शसक्त अभियानबाटै साथ दिईरहेको समयमा नेकपा एमालेको सरकार रहेको र सोही पार्टीकै नेता वा कार्यकर्ताहरुको लगानी रहेको मनमोहन मेडिकल कलेजको बिषय मा समेत तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेललाई डा केसीसँग सम्झौतामा आइपुग्न दवाव दिएको विवेकशील नेपाली दलले विज्ञप्तिमा जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE