Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नेदरल्याण्डसको नगरपालिकालाई बुद्ध प्रतिमा हस्तान्तरण

नेदरल्याण्ड, नेपालीदूतावास ब्रसेल्सको तर्फबाट एक बुद्ध प्रतिमा नेदरल्याण्डस्को डेल्फनगरपालिकालाई हस्तान्तरण गर्ने कार्य आज डेल्फशहरको विश्वकला केन्द्र परिसरमा एक विशेष समारोहको वीच सम्पन्न भयो । बेनेलक्स तथा यूरोपियन यूनियनकालागि नेपाली राजदूत राममणि पोखरेलले तामाको तीन फिटको ध्यानमग्न उक्त बुद्धको मुर्ति डेल्फनगरपालिकाका मेयर भेरकर्कलाई हस्तान्तरण गरे । विश्वका विभिन्न देशहरुको कला सँस्कृति झल्काउने प्रतिमा तथा वास्तुकला रहेको विश्वकला केन्द्रको परिसरमा स्थापितगरिएको उक्तप्रतिमाको राजदूतपोखरेल र मेयर भेरकर्कले सँयुक्त रुपमाअनावरण गरेका थिए । नेपाल र नेदरल्याण्डसबीच गहिरिँदो द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको प्रगाढ हुँदै गएको आपसी सम्बन्धलाई अझ बढावा दिने तथा नेदरल्याण्डसमा नेपाललाई थप चिनाउने उद्देश्यका साथ दूतावासले उक्तप्रतिमा डेल्फनगरपालिकालाई हस्तान्तरण गरेको हो । विश्वकला केन्द्रको परिसरमा स्थापितउक्तप्रतिमाले उक्त केन्द्र भ्रमण गर्ने अन्य देशकापर्यटकमाझमा समेत नेपालको चिनारीलाई थपविस्तार गर्ने दूतावासको विश्वास रहेको छ । उक्त बुद्ध प्रतिमा हस्तान्तरण एवं अनावरण समारोहमा डेल्फ नगरपालिकाका पदाधिकारीहरु, विश्वकला केन्द्रको कार्यकारी बोर्डका सदस्यहरु तथाकार्यकारी निर्देशिक, डेल्फस्थित विश्वविद्यालयका डच तथा नेपालीमूलकाप्रोफेसरहरु, गैह्र आवासीयनेपाली संघ युरोप सँयोजकतथाअन्तराष्ट्रिय समन्वय सदस्यहरु, गैह्र आवासीय नेपाली संघ नेदरल्याण्डस्का पदाधिकारी तथा सदस्यहरु, नेदरल्याण्डस्का लागि नेपालकाअवैतनिक महावाणिज्यदू, स्थानीय डच समुदायतथा अन्य नेपाली संघसंस्था तथा समुदायका पदाधिकारी तथा सदस्यहरु गरी करिब सयजना अतिथिहको सहभागिता थियो । दुवै देशका राष्ट्रिय गानबजाई शुरु गरिएको समारोहमा मन्तव्य दिंदै नेपाली राजदूत पोखरेलले नेपालमाकरिब २६ सय वर्षअघि जन्मभई शान्ति र अहिंसाको पथमामार्गदर्शन दिएका नेपालका राष्ट्रिय विभुतिगौतम बुद्धको प्रतिमाको उपहार स्वीकार गरी उक्तप्रतिमालाई विश्व्कला केन्द्रको परिसरभित्र प्रतिस्थापन गरेकोमा डेल्फ नगरपालिका तथा विश्वकला केन्द्र डेल्फलाई हार्दिक धन्यवाद दिए । बुद्धको शान्ति, करुणा र विश्वबन्धुत्वको मार्ग आजको विश्वमाझनै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले दुई देशकाबीचजनस्तरमा समेत बढिरहेको आपसी घनिष्टता प्रतिमाको स्थापनासँगै अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । नेपालप्राचीन सभ्यतादेखि नै विभिन्नधर्म, सँस्कृति, भाषा र रीतिरिवाजको अनुपम सँगम रहेको उल्लेख गर्दै राजदूतश्री पोखरेलले उपस्थित डच समुदायलाई नेपाल भ्रमणको निम्तो समेत दिए । सो अवसरमा डेल्फनगरपालिकाका मेयरले नेपाली राजदूत तथा अन्य सहभागीहरुलाई स्वागतगर्दै उपहारका लागि राजदूत तथा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक धन्यवादव्यक्त गरे । उक्तअवसरमा गैह्र आवासीय नेपाली संघ नेदरल्याण्डस्का अध्यक्षश्री कृष्णराजअधिकारी तथालुम्बिनीकपिलवस्तु अभियानका युरोप सल्लाहकारश्री दामोदर प्रसाद आचार्यले गौतम बुद्धको सम्बन्धमा थप प्रकाश पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: