Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कांग्रेसको चुनाव प्रचारमा अनुसन्धानका प्रहरी

\"\"दाङ, २९ जेठ । दाङमा राष्ट्रिय अनुसन्धान विभागका एक प्रहरी कांग्रेस कार्यकर्तालाई प्रशिक्षण दिंदै हिडेको भेटिएको छ । राजपुर ७ सिक्टा घर भएका अनुसन्धान प्रहरीका असइ लालबीर खड्का कांग्रेसका भेलामा पुगेर चुनाव कसरी जित्ने भन्ने बिषयमा प्रशिक्षण दिंदै हिडेको स्थानीयले बताएका छन् । हेर्नुहोस् भिडियोमा स्थानीय तहको निर्वाचनमा लालबीरका बुवा भीमबहादुर खड्का राजपुर ७ को वडा अध्यक्ष पदमा चुनाव लड्दैछन् । ‘उनी आन्तरिक भेलामा कसरी चुनाव जित्ने भनेर प्रशिक्षण दिंदै हिडेका छन् भने गाउँमा पनि घरघरमा पुगेर भोट माग्ने गरेका छन्’– एक स्थानीय कांग्रेस कार्यकर्ताले भने– ‘यसले हाम्रो पार्टीलाई त फाइदै हुन्छ तर सरकारी जागिर खाएको व्यक्तिले खुलेआम त्यसरी राजनीति गर्दा सबैले यस्तै गरे भने सरकारको के हालत होला भनेर गाउँमा चर्चा चल्ने गरेको छ ।’ खड्काले चुनावी सभामा गएर ‘म \"\"कानूनीरुपमा चुनाव लड्न नपाउने भएकाले बुवा उठ्नुभएको हो, खास उम्मेदवार म नै हो’ भनेर प्रचार गर्ने गरेको स्थानीयवासीले बताएका छन् । उनी मतदाताको घरघरमा पुगेर जागीर चाहिन्छ कि पैसा चाहिन्छ कि के चाहिन्छ भन भनेर आश्वासन बाँड्दै हिडेको पनि स्थानीयले बताएका छन् । खड्काले विभागको केन्द्रमा आर्थिक लेनदेनन गरेर दुई बर्षअघि ५ जना युवालाई बिभागमै जागीर गराइदिएका थिए । उनीहरुलाई समेत चुनावमा प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन् । असइ खड्काले राजनीतिबाहेक काठको ठेक्कापट्टा पनि गर्दै आएका छन् । खड्काले गाउँमा आफू एआइजी गणेश अधिकारीको मान्छेको भएकाले कसैले केही गर्ननसक्ने भन्दै निर्धक्क कांग्रेसको चुनाव प्रचार गर्ने गरेको स्थानीयवासीले बताएका छन् । दाङ सतरियाकै खुमबहादुर खड्का गृहमन्त्री भएको बेला विनाप्रतिष्पर्धा सयौं व्यक्ति अनुसन्धान विभागमा छिरेका थिए । उनीहरुमध्ये धेरैले अरु समयमा कार्यालयको काम गरे पनि चुनावको समयमा राजनीतिक गतिबिधिमा सक्रियह हुने गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending