Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

झापामा नौ वर्षीया बालिकाको हत्यामा संलग्न एमाले कार्यकर्ता भएको खुलासा

झापा, २७ जेठ । दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ । [caption id=\"attachment_135250\" align=\"alignleft\" width=\"259\"]\"\" लक्ष्मीप्रसाद अधिकारी[/caption] अधिकारी एमाले कार्यकर्ता हुन् । अधिकारी दमक नगरपालिकाको वडा नं. २ का पूर्व सचिव समेत हुन् । खबरडबलीलाई प्राप्त उनको फेसबुक तस्विरमा उनी एमालेका विभिन्न कार्यक्रममा सक्रियतापूर्वक भाग लिएको देखिन्छ । इलाका प्रहरी कार्यालय दमकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । अधिकारीले बालिकाकी दिदीलाई जबर्जस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरी समक्ष स्वीकारेपछि उनलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । उनले भने, “मृतक बालिका स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दै थिइन्, स्कूलबाट घर फर्किएपछि उनी पेट दुख्यो भन्दै घरको माथिल्लो तलामा गएर सुतेकी थिइन्, सोही समयमा ठूलोबुबा भनिने छिमेकी अधिकारीले दिदीमाथि जबर्जस्ती करणीको प्रयास गरेका थिए, मुख थुनेर करणीको प्रयास भइरहँदा दिदीले चिच्याएपछि मृतक बालिका ब्युझिएकी थिइन् र हल्ला गर्ने डरले उनको हत्या भएको रहेछ ।” अधिकारीले बालिकाको अनुहार, टाउको र छातीमा पटक–पटक बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो प्रहरी नायब उपरीक्षक लिम्बूले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE