Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

\"\"काठमाडौं, २७ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो । आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले सपथ खुवाइ सुरु गर्नुभएको सफाइमा ४०० व्यक्तिको सहभागिता रहेको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेशी डेकोर, युरेशिया रेयुकाइ, एक्सीस स्कुल, ग्लोवल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एस जि आई, साया समुह, फ्रेन्डस क्लव ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्था लगायत संस्थाको सक्रिय सहभागिता थियो । सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, वरिष्ठ प्रहरी उपरीक्षक गणेश ऐर, कलाकार सीताराम कट्टेल, अर्जुन धरेल, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, हेमराज कार्कीलगायत व्यक्तित्वको सहभागिता थियो । पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले गुह्येश्वरीमाथिको वाग्मतीमा गरेको १७४ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित वाग्मती नदी किनारमा बनाइएको उद्यानमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता रहेको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए । यसैगरी रुद्रमती सफाइको १७२ औँ हप्तामा आज रातोपुल–गौशाला–बत्तीसपुतली राममन्दिर–सेतोपुल हुँदै मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक घरदैलो अभियान सहित सरसफाइ गरियो । आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो । सफाइमा वडा नं ३० बाट निर्वाचित वडा अध्यक्ष दलबहादुर कार्कीसहित वडा सदस्य लगायत ३०० जनाको सहभागिता थियो । विष्णुमती सफाइको १४४ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको वडा नं १० स्थित तारकेश्वर गुम्बामा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । तिलगङ्गा महिला समुहले तिलगङ्गास्थित वाग्मती किनारमा ६८ जनाको सहभागितामा गरेको १२१ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ८ बाट निर्वाचित वडा अध्यक्ष दिनेश डङ्गोल लगायत सदस्यहरुको पनि सहभागिता थियो । यसैगरी चक्रपथ सफाइको नवौँ हप्तामा आज सामाखुसीचोकबाट पश्चिमतर्फ सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासी लगायत होटल व्यवसायी सहित ३५० अभियानकर्मीको सक्रियता थियो । वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई विसं २०७४ वैशाख २ गतेदेखि सुरु गरिएको मीनभवन आलोकनगर सफाइ अभियानले आज नौ हप्ता पूरा गरेको छ । सफाइको नेतृत्व सकारात्मक मातृशक्ति आवाजले गरेको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । सो महाअभियानबाट प्रभावित भएर देशभर २६ स्थानमा सफाइ भइरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE