Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सप्तरीमा सुरक्षा व्यवस्था कडा

\"\"सप्तरी, २७ जेठ । आउँदो असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यस जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले अहिले निर्वाचन सहज रुपमा गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ । सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी तथा म्यादी प्रहरीलाई २४ सै घन्टा तैनाथ गरिएको प्रहरी उपरीक्षक एवम् प्रमुख अनुराग द्विवेदीले बताए । जिल्लामा सुरक्षाका लागि २४ औँ घन्टा प्रहरीले जाँच र निगरानी गरिरहेको छ भने प्रहरीको मोबाइल गस्तीसमेत परिचालन गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा थप जनशक्ति परिचालन समेत गरिएको छ । प्रहरी उपरीक्षक द्विवेदीका अनुसार प्रत्येक मतदानस्थलको निरीक्षण गरेर आवश्यकताअनुसार थप प्रहरी परिचालन गरिने छ । जिल्लाका अति संवेदनशील मतदान केन्द्रमा पाँच प्रहरी र नौ म्यादी प्रहरी तथा संवेदनशील मतदान केन्द्रमा चार प्रहरी र छ म्यादी प्रहरी खटाइने योजना छ । जिल्लामा २९२ मतदानस्थल राखिएका छन् जसमध्ये २०६ अति संवेदनशील र ८६ संवेदनशील मतदानस्थल रहेका छन् । त्यस्तै, ४६१ मतदान केन्द्रमध्ये ३२६ अति संवेदनशील र १३५ संवेदनशील रहेको बताइएको छ । यसैबीच, जिल्ला निर्वाचन कार्यालय सप्तरीले स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी भइसकेको र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतसमेत खटिसकेको जनाएको छ । तर राष्ट्रिय जनता पार्टीको आन्दोलन गर्ने घोषणाले यहाँका मतदातामा द्विविधा उत्पन्न गरिदिएको छ । जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता तोकिएको मितिमा निर्वाचन हुने वा नहुनेमा शङ्का व्यक्त गरिरहेका छन् । निर्वाचनबारे प्रतिक्रिया दिँदै राजपा सप्तरी जिल्ला संयोजक सुनिल झाले आफूहरुले उठाएको माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending