Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

गृहमन्त्री शर्माले फेसबुकमा लेखे ‘जनताको आशालाई निराशामा परिणत हुन दिन्न’

\"\"काठमाडौं, २६ जेठ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताएका छन् । शर्माले जनताको आवश्यकता र चाहनालाई पूरा गर्न सबैभन्दा ठूलो मेहनत गर्नेसमेत बताएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उर्जामन्त्रालय सम्हालेका शर्माले छोटो समयमै लोडसेडिङ अन्त्य गरेका थिए । उनले उर्जा क्षेत्रमा निकै सुधारका कामहरुसमेत गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको स्ट्याटसमा भनेका छन ‘म बाट आशा र विस्वास गरेर मलाइ गृहमन्त्रालयको जिम्मेवारी दिने पार्टी नेतृत्व, आम जनता शुभचिन्तकहरुलाइ धन्यवाद दिदै आफ्नो तर्फबाट पुराका पूरा इमानदारीताका साथ काम गर्ने र तपाइहरुको आशा र विश्वासलाई निराशामा जान नदिने प्रतिबद्धता गर्दछु ।’ ‘सिपाहीहरुको मनोविज्ञान बुझ्ने, उनीहरुको मनोबल उठाउने र जनतासँग एकाकार पार्दै नेतृत्व र चेन अफ कमाण्डलाई ब्यवस्थित गरिनेछ’ शर्माले लेखेका छन् । त्यस्तैले शर्माले लेखेका छन् ‘समग्र गृहप्रशासनलाइ आजको नयाँ परिस्थितिमा जनचाहना अनुसार पुनरसम्चना गर्दै राष्ट्र र जनताको सुरक्षामा ब्यवस्थित गर्नु प्रमुख कार्यभार हो ।’ जनताको आवश्यकता र चाहनालाइ पूरा गर्न सबै मेहनत हुनेछ ।’ चुनावी प्रसंगलाई कोट्याउँदै शर्माले लेखे ‘दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु यो सरकारको पहिलो कार्यभार हो । हरेक बिद्यार्थी या सिभिल कर्मचारी वा राजनीति कर्मिहरुले भन्नुपर्छ म तिमिलाइ सेवा दिन्छु तिमी केवल साथ देउ ।’ कतिपयले फसाउन दाउ हेरेर बसेका छन् भन्दै होसियार भएर काम गर्न प्रायले स्ट्याटसमा प्रतिक्रिया दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE