Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

फेसबुकमा जनयुद्धको अर्थ खोज्नेलाई ‘अनि देउराली रुन्छ’मा भेटियो जवाफ

\"\" काठमाडौं, २६ जेठ । मान्छेमात्र होईन पशुपंक्षीमाथि पनि सामान्य अन्याय भयो भने अहिले तत्काल नियानिसाफ हुन्छ, कोही कसैको दवाबमा अन्यायमा पर्यो भने सारा अधिकारकर्मी उर्लन्छन न्यायको वकालतमा । फेसबुक र सामाजिक सञ्जालका भित्तो रंगिन्छ न्याय हराएको देश । धेरैले त यही मेसोमा दनक दिईहाल्छन १७ हजार मार्नुको सार्थकता के हो ? देशभित्रकै दाजुभाई आपसी लडाईमा मारिनु कुनै हालतमा पनि जायज होईन्, तर ति दाजुभाईको रगतले देशलाई कुन दासताको युगबाट मुक्ति दिलायो भन्ने कुरा भने अवस्था सम्झनायोग्य छ । त्यसका लागि शिल्पी थिएटर अर्थात बत्तिसपुतलीको गोठाले नाटकघरमा । भएभरको सम्पत्ती साहुको तमसुकमा सहिछापसंगै बुझाएर छोरीको बिहेका लागि ऋण लिनुपर्ने गरिब गाउँले रणध्वज अनि लगभग बिहेको मण्डपबाटै एउटा गरिबकि छोरी मैयाँलाई मुखियाले जालझेल गरेर गरगहना सहित भारतमा बेच्न पठाएपछि बहिनीको साटो दिदी जुना डोली चढेर जानुपरेको कारुणीक दृस्यले कसैको आँशु थामिन्न । कान्छी छोरी भागेपछि जेठी छोरीलाई जवर्जस्ती डोली चढाएर पठाउनु अनि लिएको ऋण तिर्न नसकेपछि साहुले घरखेत जवर्जस्ती हडपेको अवस्थाले सामाजिक सञ्जालमा जनयुद्ध किन भन्नेहरुलाई राम्रो जवाफ दिएको छ । आफ्नो हुनेवाला ससुरालाई ऋणबाट मुक्ति दिएर बिवाह गर्ने सोँच भएको एक गाउँले यूवाको सपना चकनाचुर पार्दै उसकी प्रेमीका आफ्नै मितदाजुको डोलीमा जवर्जस्ती चढाउने ‘फटाहा’ मुखियाको शासन चल्ने कालरात्रीहरुबाट मुक्ति दिनका जुन लडाई लडेर नेपाली समाजलाई यहाँ ल्याईयो, उनीहरुप्रति नाटक हेर्ने जो कोहीले पनि लडाईलाई स्यालुट गर्छ । गाउँले प्रेमी अम्बरसँग संगै जिउने कसम खाएकी जुनालाई जवर्जस्ती बहादुरेको डोलीमा चढाएर पठाएपछिको अवस्था र हुनेवाला ससुरा सामन्तबाट ऋणमुक्त गरेर जुनालाई बिहे गर्न आएको अम्बरले आफ्नै मितदाजुको श्रीमतिको रुपमा आफ्नी प्रेमीका देखेपछि मुर्छिएको अवस्थाले प्रेमी–प्रेमीका मात्र होईन हरेक मानवको मन कोक्याउँछ । आफ्नो सम्पत्तिको एकमात्र हकदार भतिज अम्बरको हत्याका लागि उसको मितदाजु बहादुरेलाई उक्साएर हिँसा मच्चाउने सामन्ती प्रवृत्तिको मुखिया चतुरमानको कारण बिहे गरेको चार महिनामा सेतो पहिरनमा बस्नुपरेको जुनाको अवस्था देख्दा सामन्ती प्रबृत्तिमाथी बदलाभाव पलाउँछ । \"\" सन् ३० र ४० को दशकमा जनताको मानसपटलमा बसेको यो नाटक सामन्ती संस्कारका परिणमस्वरुप आर्थिक असमानता र सामाजिक अन्याय भोग्न बाध्य पारिएका शोषित, पीडित र किनारीकृत जनताका आजात प्रतिध्वनित गरेको छ । ‘दुःख सबैको समान हो, थाहा छैन कति न्याय गरेको छु’ अनि देउराली रुन्छका निर्देशक जीवन बरालले खबरडबलीसँग भने ‘यस नाटकमा घटनापछिको असर भदा पनि घटनासँगैका असर अरु छन जस्तो लाग्छ ।’ गाउँले गरिबको आर्थिक समस्यामा सामन्तले सिर्जना गरेको सामाजिक संकटलाई यथार्थमा उतार्न कलाकारहरु सफल भएका छन् । अभिनय यति सजिव छ की दर्शक शिल्पीको घरभित्र बसीरहँदा चतुरमान, खत्रिनी, माया, रणधोज, पम्फा, अम्बर, जुना, कान्छी, मैया, सन्ते, बहादुरे, बाबरी, बुढानाथ, खुलाल, बिर्खे, शमशेर, गाईने, कलकाँधेले २० वर्ष अघिको गाउँमै फर्काउँछन् । बालकलाकारहरु काब्य, मुना र सन्देशले गाउँमा बिहे र द्यौसीको बेला रमाउँदा बालपन झल्काएर आँखा रसाईदिन्छन् । सन १९९२ मा पहिलोपटक दार्जिलिङ्ग र वि सं २०३३ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेको नाटक ‘अनि देउराली रुन्छ’लाई शिल्पीले यही जेठमा काठमाडौमा मञ्चन गरेको हो । नाटक दर्शकको आग्रहअनुसार असार ५ सम्म चल्ने शिल्पी कला समूहका अध्यक्ष कुमार आलेले जानकारी दिए ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE