Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

कांग्रेस नगर सभापति र सचिव माओवादी केन्द्रमा प्रवेश

\"\"काठमाडौं, २६ जेठ । नेपाली कांग्रेस बेलौरी नगरपालिकाका पार्टी सभापति रामलाल राना र सचिव बिक्रम चन्द बिहीबार एक कार्यक्रमका बीच ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बिहीबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच राना र चन्दलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । कांग्रेस सभापति राना महाकाली उच्च माविको सञ्चालक समितिको चौंथो कार्यकालको अध्यक्ष, बेलौरी नगरको पूर्व सभापति र थुप्रै राजनीतिक एवं सामाजिक संगठनहरुको नेतृत्वमा थिए । त्यसै गरी चन्द सुदुरपश्चिमका युवाहरु बीच लोकप्रिय नेता हुन् । पार्टी प्रवेश गराउँदै पूर्वप्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, –‘तपाईहरु सही समयमा सही पार्टी छनोट गरेर माओवादी केन्द्रमा आउनुभएको छ । मेरो विश्वास छ, तपाईहरुको पार्टी प्रवेशले कञ्चनपुर र सात नम्वर प्रदेशमा माओवादी केन्द्रको विजयलाई अझै सुनिश्चित गराएको छ । परिवर्तनका मुद्धाहरुका लागि संघर्ष गर्ने र कार्यान्वयन गर्ने पार्टी हुनुको नाताले पार्टीले तपाईहरुको भावना र योगदानको कदर गर्नेछ । अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरेर तपाईहरुको योगदानले सही नतिजा निकाल्नेछ भन्ने मेरो विश्वास छ ।’ पार्टी प्रवेश गर्दै रानाले माओवादी पार्टी नै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्ने र देशको नेतृत्व गर्ने पार्टी भएकाले आफू निस्वार्थ रुपमा माओवादी केन्द्रमा आएको बताए । पार्टी प्रवेश कार्यक्रममा बेलौरी नगरका कांग्रेस वडा सभापति र स्थापित नेताहरु यस अघि नै माओवादी केन्द्रमा प्रवेश गरिसकेको माओवादी केन्द्रकी नेतृ बिना मगरले जानकारी दिइन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE