Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

भोज खाँदा दर्जनौं बिरामी, उपचार गर्न 'बेड' अभाव

\"\"दमक, २५ जेठ । झापा जिल्लाको शिवसताक्षीका सबै गाउँलेहरु छिमेकीको घरपैँचोमा भोजका कारण बिरामी परेका छन् । गाउँका सबै गाउँलेहरु भोजका कारण बिरामी भएर अस्पतालमा भर्ना गर्ने क्रम बढेको छ । भोजका कारण गाउँका ४० जनाभन्दा बढी बिरामी परिसकेका छन् । शिवसताक्षी नगरपालिका–१० माइधारका नेत्र दाहालको घरमा घरपैचोको खान गएका उनीहरु बिरामी परेका हुन् । मंगलबार दिउँसोदेखि रातीसम्म भोज खुवाउने कार्यक्रम चलेको थियो । भोज खाएका उनीहरु बुधबार बिहानदेखि धमाधम बिरामी पर्न थालेका हुन् । बिरामी थपिने क्रम जारी रहेको आम्दा अस्पतालका सुपरिटेण्डेट नबिन ढकालले जानकारी दिए । सबै बिरामीको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोज खाएर बिरामी परेका स्थानीय सञ्जय लिम्बुले भोजमा मासु, पुलाउ, काँक्रा लगायतका खानेकुरा खाएको बताए । उनले भोज खाएर सुतेपछि रातीदेखि नै पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएको बताए । अस्पतालमा उपचाररत घर धनी दाहालले सामान्य अवस्थामा भोज सम्पन्न भए पनि राती देखिनै बिरामी परेको बताए । नयाँ घर बनाएर सर्दा छिमेकीहरुसँग खुशीयाली साटासाट गर्दा यस्तो भएको उनले बताए । भोज खाएर बिरामी पर्नेहरुमा कतिपय बालबालिका र वृद्धवृद्धा समेत छन् । स्थानीय काजीमान लावतीका अनुसार बिरामी पर्नेहरुमा घरधनी दाहाल, उहाँकी श्रीमती बुद्धिमाया राई ९दाहाल०, सासु सोममाया राईसहित स्थानीय पूर्णकुमार लिम्बु, कवितमाया लावती, सञ्जय लिम्बु, आकृति लिम्बु, तिलक कुँवर, आशबहादुर लिम्बु लगायत बिरामी पर्नुभएको छ । बिरामी सबैको प्रारम्भीक स्वास्थ्य जाँच भइरहेकाले उनीहरुको स्वास्थ्यमा परेको असरका बारेमा विस्तृत विवरण रिपोर्ट पछि मात्रै थाहा हुने उपचारमा संलग्न आम्दा अस्पतालका चिकित्सक चन्द्र शाहल बताए । फुडपोइजन भएको हुनसक्ने बताइएको छ । बुधबार साँझ एकैसाथ ठूलो संख्यामा अस्पतालको आकस्मिक कक्षमा बिरामीको भिड लागे पछि बेडको अभाव भएको छ । भोज खाएर बिरामी परेकालाई उपचारका लागि राख्ने बेडको समेत अभाव हुँदा कतिपयलाई वेइटिङ बेन्च, कुर्सी र भुइँमै राखेर पनि औषधी उपचारको प्रकृया अघि बढाइएको ढकालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE