Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

भरतपुरमा भोट माग्दै हिड्न थाल्यो एमाले

\"\"भरतपुर, २५ जेठ । निर्वाचन आयोगको विरुद्धमा सर्वोच्च अदालतमा मुद्धा हालेको नेकपा एमालेले भरतपुरमा पुनः मतदानका लागि प्रचार प्रसार भने तिव्र पारेको छ । भरतपुर–१९ मा पुनः मतदान नभई मतगणना शुरु गर्नुपर्ने अडान राखेको एमालेले मदतानका लागि प्रचारप्रसार भने तिब्र पारेको हो । एमालेले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा पुगेपनि आयोगको निर्णय आउने दिनदेखि नै भित्रभित्रै प्रचारका लागि घरदैलोमा आएको त्यहाँका मतदाताहरुले बताएका छन् । ‘तपाईँहरुको मत च्यातियो, हामी त फेरी मतदान नगरौँ भनेको हो तर फेरी चुनाव हुनेभयो भन्दै बेलुका बेलुका घर घरमा आएर रुनुहुन्छ’ स्थानीय बिरु पाख्रिनले भने ‘पहिला चुनावको बेलाजस्तो भाषण भने गरेको देखिएको छैन ।’ पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेको बेला जेठ १४ गते राती भरतपुर महानगरपालिका वडा नं. १९ का ९० मतपत्र च्यातिएका थिए । चितवनका प्रहरी प्रमुख एसपि दिपक थापाले तत्कालै प्रतिकृया दिँदै ५ वटा मतपत्र च्यातिएको जानकारी दिएपनि निर्वाचन आयोगको निर्देशनपछि सबै उम्मेदवारको रोहवरमा शिलबन्दी खोल्दा ९० मतपत्र च्यातिएको भेटिएको थियो । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको भएपनि उक्त निर्णयको बिरुद्ध सो वडाका वडाअध्यक्षका उम्मेदवार गुञ्जमान विक र सोही वडाका मतदाता रहेका अधिवक्ता तुलसीराम पाण्डेले रीट दायर गरेका थिए । सर्वोच्वले जेठ २८ गते दुवै पक्षलाई बोलाएको छ । बाहिर आयोगको निर्णय बिरुद्ध मुद्धा हाल्ने एमालेले भित्र भित्र चुनावको प्रचार गरेर पुन मतदान गर्ने कार्यको गृहकार्य गरेपछि उक्त वडाका मतदाता पुन मतदान हुने कुरामा विश्वस्त भएका छन् । ‘मतदान गर्नु हुँदैन भन्ने पार्टीले पनि प्रचार प्रसार तिब्र पारेपछि फेरी चुनाव हुने ढुक्क जस्तै भईयो’– मतदाता विष्णु पाण्डेले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE