Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

विदेशीले दिलाए भूकम्प पीडितलाई लालपुर्जा

\"\"रसुवा, २४ जेठ । भूकम्पपछि जग्गाको स्वामित्व नभएर अनुदान सम्झौता गर्न नपाएका पार्वतीकुण्ड गाउँपालिका– १ र २ का ३०४ घरपरिवारले विदेशी पत्रयात्रीको सहयोगमा बल्ल अहिले जग्गाधनी पुर्जा पाएका छन् । साविकको हाकु गाविसका ती घरपरिवारले पुस्तौँदेखि जमिनको जोतभोग गर्दै आएको सो जग्गा स्वयम्भू पुरानो घ्याङ गुठीको नाममा थियो । गुठीको नाममा जग्गा हुँदा किनबेच एवम् धितो राखेर ऋण लिन नपाएका स्थानीयवासीले बेला बेलामा स्वामित्वका लागि आवाज उठाए पनि काम हुनसकेको थिएन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हाकुका सबै घर भत्किए । छिमेकी गाउँका पीडितले अनुदान सम्झौता गरी पहिलो किस्ताको रु ५० हजार लिएर घर पुनःनिर्माण सुरु गरे पनि यहाँका ३०४ परिवारका आफ्नो नाममा जग्गाको स्वामित्व नभएका कारण अनुदान सम्झौता पनि गर्न नपाएकाले अहिलेसम्म पाल र जस्ताको टहरामा बस्न बाध्य हुन् । गुठीको जग्गा जोत भोग गर्नेका नाममा मोहीयानी हक कायम गरी पुर्जा निकाल्न हजारौँ रुपैयाँ लाग्ने सुनेका यहाँका न्यून आय भएका तामाङ समुदायले पैसा जुटाउन नसकेकैले समस्या समाधान हुनसकेको थिएन । भूकम्पपछि नेपालमा पदयात्रा गर्न आएका अष्ट्रियाका नागरिक उल्फ क्रियुत्स्च्निङ स्टेफन केकले यहाँको समस्या देखेर समाधानका लागि सहयोग गर्ने बचन दिए । स्वदेश फर्किएपछि उहाँको अष्ट्रियन गैरसरकारी संस्था ‘स्टेप जिरो पोइन्ट वन’ले हिमालयन पिस एजुकेसन फाउन्डेसन नेपाल मार्फत् जग्गाको समस्या समाधानका लागि सहयोग उपलब्ध गराएपछि पीडित किसानले पुर्जा पाएका हुन् । पदयात्री उल्फले आइतबार ६० जना मोहीलाई जग्गाको मोहियानी हकस्वरुप पुर्जा वितरणका लागि प्रति किसान रु सात हजार उपलब्ध गराएका थिए । उनले उपलब्ध गराएका सहयोगका कारण आइतबार नै ६० जना किसानले पुर्जा पाएका हुन् । बाँकी किसानको पुर्जा पनि बनिरहेको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो । गुठीको जग्गामा बसोवास गरेका हाकुका सबै किसानलाई पुर्जा वितरणका लागि आवश्यक पैसा आएकाले मालपोत कार्यालयबाट पुर्जा बनेपछि क्रमशः दिइने बताउँछन् फाउन्डेसनका अध्यक्ष राजेन्द्र लामा । “पूर्जा वितरण गरिसकेपछि त्यहाँको विद्यालय पुनःनिर्माणमा पनि सहयोग गर्ने फाउन्डेसनको कार्यक्रम छ, नेपाल घुम्न आएका विदेशी पर्यटकले विपन्न वर्गका नेपालीको अवस्था देखेर उनीहरुको जीवनस्तर माथि उठाउन दिएको सहयोग लक्ष्यित वर्गमै पु¥याउँछौ”–पर्यटन व्यवसायीकारुपमा समेत काम गर्दै आउनुभएका लामाले भने । उल्फलाई पदयात्रा पथप्रदर्शकका रुपमा हाकु गाउँ पु¥याउनुहुने नवाङ लामा भूकम्पले भत्काएको विद्यालय बनाइदिने सोच लिएर पुग्दा पुर्जा नभएका कारण गाउँवासीले अनुदान सम्झौता पनि गर्न नपाएको देखेपछि सो समस्या समाधान गर्न लागिएको बताए । “गुठीलाई एक मोही बराबर रु पाँच हजार बुझाइएको छ, यसअघि गुठीले एकै किसानको लाखौँ रुपैयाँ लाग्छ भनेका थिए, धेरै पैसा यहाँका किसानले तिर्न सक्दैनन् भनी राजनीतिक नेतृत्वबाट समेत पहल गरेपछि सहुलियत गरी रु पाँच हजार तिरियो, जिल्ला मालपोत कार्यालयमा तिरोको रु दुई हजार बुझाउन पनि पदयात्री उल्फले दिएको सहयोग परिचालन गरिएको छ”–उनले भने । जग्गा कमाएका किसानले पदयात्री उल्फले दिएको सहयोग स्वयम्भू पुरानो घ्याङ गुठीमा तिरो बुझाएपछि गुठी हुँदै मालपोत कार्यालयले मोहीयानीको हक कायम गरी जग्गा धनी पुर्जा बनाएको लेखनदासका रुपमा काम गर्दै आएका स्थानीय सानु तामाङले बताए । पार्वतीकुण्ड गाउँपालिका– १ ठूलो हाकुका ७२ वर्षीय कान्छा लामाले जीवनमा अहिलेसम्म जग्गाको पुर्जा कस्तो हुन्छ देखेका थिएनन् । आइतबार विदेशी दाताको सहयोगमा पुर्जा पाएपछि प्रशन्न मुद्रामा उनले वर्षौँदेखि कमाइ गर्दै आएको जग्गाको स्वामित्व आफ्नो नाममा आएको बताए । सोही गाउँका ६५ वर्षीय नोर्बु नाम्ग्याल यसअघि पुर्जा नभएका कारण पटक÷पटक भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्न जाँदा नपाएको दुःखेसो सुनाउदै अब छिट्टै सम्झौता गरी पुनःनिर्माण सुरु गर्ने बताउँछन् । पुस्तौँदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएकाले कतिबेला जग्गाधनीले उठाउने हो भन्ने त्रासमा रहेका हाकुवासी आइतबार पुर्जा लिन आउँदा हर्षित देखिन्थे । यस्तै मध्येकी हुनुहुन्थ्यो पार्वतीकुण्ड गाउँपालिका –१, ठूलो हाकुकी छिरिङ बुरी तामाङ । पुर्जा पाउने खुसीमा बिहान खाना नखाइ चार घन्टाको बाटो हिँडेर सदरमुकामा धुन्चे आइपुगेको उनले सुनाए । सोही ठाउँकी म्हेन्दो लाछी तामाङ पनि जग्गाधनी पुर्जा लिएको हेर्न श्रीमान् चिनियाँ तामाङसँग सदरमुकामा आएको बताए । “पुर्जा पाएपछि राम्रो मान हुन्छ, पुर्जा नहुँदा के खाने ? के लाउने ? कहाँ बस्ने ? भन्ने समस्या हुन्थ्यो, अब त्यो समस्याबाट मुक्ति पाइएको छ”–खुसी हुँदै उनले भने । वैशाख १२को भूकम्पका कारण यस ठाउँका १० जनाको निधन भएको थियो । भूकम्पपछिको पहिरो र आगलागीले पनि यो गाउँमा क्षति पु¥याएको थियो । भूकम्पले भत्किएका २३ घर आगलागीले खरानीमा परिणत भयो । पहिरोको जोखिम भएकाले आठ घर रहेको स्थानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विज्ञ समूहले बस्ती बसाउन नसकिने क्षेत्र घोषणा गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE