Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

चुनावमा उठ्न राज्यले दियो, दलहरुले दिएनन् !

\"\"ताप्लेजुङ, २३ जेठ । यस जिल्लामा सबैभन्दा पहिले उम्मेदवारहरुको टुङ्गो नेकपा माओवादी केन्द्रले लगायो । पार्टीभित्र बृहत् छलफल पछि टिकट पाएका उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ गए । फुङ्लिङ नगरपालिकाको उपप्रमुखको टिकट पाएपछि मलिसा थापा यक्सो पनि एक महिनासम्म भोट माग्दै घरदैलो अभियानमा खटिइन् । प्रचारप्रसारमा घर परिवार र आफन्त सबैले सहयोग गरिरहेका थिए । तर, अहिले फुङ्लिङको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपछि यक्सोको टिकट खोसिएको छ । यो निर्णयले पार्टीभित्र लामो समयदेखि योगदान गरेका महिलाहरुको अधिकार खोसिएको र यसले समग्र महिला वर्गलाई नै पछाडि पार्ने यक्सोको भनाइ छ । आफू पार्टीको एउटा इमान्दार सिपाही भएकाले पार्टीको आधिकारिक निर्णय मान्ने तर एजेण्डा भन्दा व्यक्ति हाबी भए त्यसले पार्टीलाई फाइदा नहुने उनले बताइन् । यता कांग्रेसले नगरपालिकाको उपप्रमुखमा महिला सङ्घकी अध्यक्ष समेत रहेकी मीना गुरुङलाई अगाडि सा¥यो र गुरुङ पनि चुनावी अभियानमा विशेष गरी महिलाका साथमा समग्र नगरको समृद्धिको एजेण्डा लिएर प्रचारमा लागिन् । तर उनलाई पनि माओवादीसँग गठबन्धन भएपछि हट्न लगाइयो । यसले गुरुङलाई नमिठो अनुभूति भएको छ । उनले भनिन्, ‘यसले हाम्रा महिला दिदीबहिनीहरुको मनोबल गिराएको छ, तर फेरि पनि पालो आउँछ भनेर सम्झाउँदैछु ।’ आफूले चुनिएर जनताको सेवा गर्ने अवसर यो पटक नपाए पनि अब आउने जनप्रतिनिधिलाई पछाडि परेका महिलाहरुको पक्षमा काम गर्न दबाब दिने गुरुङ बताउँछिन् । दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको र प्रत्यक्ष निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा सांसद पद जितेको एमालेले फुङ्लिङ नगरपालिका, सिरिजङ्घा र याङ्वरक गाउँपालिकामा महिला उम्मेदवार नै तयार पारेको छैन । सिदिङ्वामा रेनुका राईलाई उपप्रमुखमा अघि सारिए पनि लिम्बुवान्सँग तालमेल भएपछि उनलाई पनि हट्न लगाइएको छ । अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना महिला हुनै पर्ने बाध्यकारी नियम भएपनि यी क्षेत्रमा एमालेले अहिलेसम्म प्रमुख पदका उम्मेदवारको नाम मात्रै सार्वजानिक गरेको छ । छत्रपति प्याकुरेलसहित प्रमुखमा सबै पुरुष छन् । फुङ्लिङको उपप्रमुखमा भने पार्टीले महिलालाई नै उठाउने निर्णय गरिसकेको एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले बताए । धेरै आकांक्षी भएकाले एक–दुई दिनभित्रै नाम टुङ्गो लाग्ने उनको भनाइ छ । दलहरुले अहिलेसम्म जिल्लाभरमै एकजना महिलाको मात्र वडा अध्यक्षमा नाम अगाडि ल्याएका छन् । एमालेले श्रीजङ्घा १ सिनामको वडाध्यक्षमा उर्मिला थेवे बाहेक कुनै दलले पनि वडा प्रमुखमा महिलालाई स्थान दिएको छैन । नगरपालिकामा काँग्रेसको प्रमुख र माओवादीको उपप्रमुख पदमा तालमेल भएको छ । तालमेल अनुसार काँग्रेसका केशव प्रसाद दाहाललाई प्रमुख र माओवादीका बमबहादुर भट्टराई (तारा) लाई उपप्रमुखको प्रत्याशी बनाइएको छ । यी दलले गाउँपालिकामा पनि समीकरणको प्रयास गरिरहेका छन् । प्रयास सफल भएमा त्यहाँबाट पनि महिला नआउने पक्का छ । आठराई त्रिवेणी गाउँपालिकामा काँग्रेसले ममता लिम्वू, एमालेले मञ्जु भट्टराई र माओवादीले मनु लिम्वू मादेनलाई उम्मेदवार बनाएका छन् । यस्तै, फक्ताङ्लुङ गाउँपालिकामा युडेन शेर्पा, फुलमाया लिम्वू र तारादेवी लिम्बूलाई उपाध्यक्षमा उठाउने निर्णय क्रमशः कांग्रेस, एमाले र माओवादी केन्द्रले गरेका छन् । यहाँ पनि समीकरणको चर्चा चलिरहेको दलहरु बताउँछन् । मिक्वाखोला गाउँपालिकामा रुद्रकुमारी लिम्बू, मीना केदेम र चन्द्रकला गुरुङ, मेरिङदेनमा नरमाया केदेम, कल्पना तुम्बाहाम्फे र अमृता शेर्पा, मैवाखोलामा सजना लिम्वू, कौशिला वनेम र सुस्मिता वनेम तीन दलका उपाध्यक्षका उम्मेदवार रहेका छन् । याङवरकमा कृष्ण कुमारी निरौला र सीता राई, सिदिङ्वामा मञ्जु तामाङ र कृष्णकुमारी कडरिया, सिरिजङ्घामा ज्ञानमाया चौहान गौतम र बुद्धिमाया बेघालाई क्रमशः कांग्रेस र माओवादीले उपाध्यक्षमा उठाउने निर्णय गरेपनि समीकरणको कुरा पक्का भइसकेकाले पुरुष नै आउने स्रोत बताउँछ । सङ्घीय लिम्बुवान् मञ्चले अहिलेसम्म याङ्वरक गाउँपालिकाको प्रमुखमा रीता मादेनलाई उठाउन बाहेक अरु कुनै दलले प्रमुखमा महिलालाई अगाडि सारेका छैनन् । नगरपालिकाको उपप्रमुखमा मात्रै उम्मेदवारी दिएका राप्रपा र नयाँ शक्तिले पनि महिलालाई अवसर दिएका छैनन् । राप्रपा जिल्ला अध्यक्ष चन्द्र मादेनले महिलाहरु सक्षम भइनसकेकाले उठाउन नसकिएको बताए । राप्रपामा शान्ति मादेनले उपप्रमुखमा दावी गर्दै अाएकी थिइन् । अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष चित्राकुमारी मेन्याङवो पार्टी नेतृत्वको अनुदार नीतिले महिलाहरुकै मात्रै दल खोल्नु पर्ने आवश्यकतालाई औँल्याएको बताउँछिन् । उनले भनिन् ‘सक्षम महिला नभएका हैनन्, अवसर नदिइएको हो ।’ कांग्रेस ताप्लेजुङका सभापति लीलादेवी बोखिमले उम्मेदवार टुङ्गो लगाउँदा केही स्थानमा महिलालाई पछाडि पार्नु बाध्यता भएको बताइन् । ‘सबै आकांक्षीलाई उम्मेदवार बनाउन सकिँदैन, हामी उहाँहरुलाई अरु ठाउँमा अवसर प्रदान गरेर योगदानको कदर र सम्मान गछौं,’ बोखिमले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE