Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

यी हुन् माओवादीका बाणगंगा नगरपालिकाका उम्मेद्धवार

\"\"कपिलवस्तु , २३ जेठ । असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनमा समावेशी सहभागितासहित कपिलवस्तुमा नेकपा माओवादी केन्द्रले बाणगंगा नगरपालिकामा आफ्नो उम्मेद्वार सार्वजनिक गरेको छ । बाणगंगाको चारनम्बरमा सोमबार आयोजित उम्मेद्धवार घोषणा कार्यक्रममा उम्मेद्वारहरु सार्वजनिक गरिएको हो । माओवादी जनयुद्धदेखि नै चर्चित मजदुर नेताको रुपमा आफ्नो छवि बनाएका विष्णु बेल्बासेले मेयरमा आफ्नो उम्मेद्वारी दिने भएका छन् । पार्टीको नगर समिति अध्यक्षसमेत रहेका बेल्बासे माओवादी आन्दोलनमा विगत २ दशकदेखि जोडिएका छन् । यसै गरि उपमेयरमा विमला चौधरीलाई उम्मेद्वार बनाइएको छ । थारु समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा चौधरी क्रियाशिल महिला नेतृ हुन । माओवादीले ११ मध्ये १० वटा वडामा उम्मेद्वार सार्वजनिक गरेको छ । संयौ कार्यकर्ता तथा सुभेच्छुकहरुको बिचमा उम्मेद्धवार घोषणा गरिएको हो । वडा नम्बर १ को अध्यक्षमा नेत्रप्रसाद पोखरेल, वडा नम्बर २ को अध्यक्षमा रत्नबहादुर कार्कि, वडा नम्बर ३ को अध्यक्षमा टेकबहादुर झेडीमगर, वडा नम्बर ४ को अध्यक्षमा लालबहादुर नेपालीलाई उम्मेद्वार बनाइएको छ । यसैगरि वडा नम्बर ५ को अध्यक्षमा जयकरण चौधरी, वडा नम्बर ६ को अध्यक्षमा भभुतेप्रसाद चौधरी, वडा नम्बर ७ को अध्यक्षमा बोमप्रसाद उपाध्याय, वडा नम्बर ८ को अध्यक्षमा विश्वास जिसी, वडा नम्बर ९ को अध्यक्षमा चुरामणी आचार्य, वडा नम्बर ११ को अध्यक्षमा सोमनाथ अर्याल उम्मेद्वार बनेका छन् । वडानम्बर १० मा भने उम्मेद्वारको घोषणा गर्न बाँकि रहेको माओवादीले जनाएको छ । उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै पोेलिटव्यूरो सदस्य गिरिधारीलाल न्यौपानेले जनताको घर दैलोमा सिंहदरबारको अधिकार ल्याएको माओवादीलाई जनताले अवश्य चुन्ने बताए । हाम्रो ऐजेन्डालाई अरुले बेचेको आरोप लगाउदै उहाले माओवादीको जितभनेकै ऐजेन्डाको स्थायीत्वभएको जिकिर गरे । उम्मेद्धवार तथा कार्यकर्ताहरुलाई निर्वाचनमा राम्रो परिणाम ल्याउने गरि होमिन निर्देशन दिए । पोलिटव्युरो सदस्य कमल चुदालीले वाणगंगा नगरपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेर देखाउने दावी गरिन् । कांग्रेस र एमालेको लडाईमा माओवादीलाई प्रत्यक्ष फाइदा हुने ठोकुवा गर्दै उनले माओवादीलाई कमजोर ठान्ने कुचेष्ठाले एमाले र कांग्रेसलाई नै घाटा हुने बताए । मेयरका उम्मेद्वार बेल्वासले माओवादीको ऐजेन्डा र माओवादीकै नेतृत्वमा बाणगंगाको समुन्नत विकास हुने दावी गरे । नयाँ ढंगबाट बाणगंगालाई प्रदेशकै नमूना सहर बनाउने एजेन्डा सहित आफु अघि आएकाले जनताले अवश्य चुन्नेमा आशावादी भएको बताए । “हामीले जे मुद्धा बोकेर १० बर्ष लड्यौ, त्यसपछि त्यसलाई संस्थागत गर्न थप १३ बर्ष लड्यौ अब देशको आर्थिक विकासलाई अघि बढाउन लड्छौ” बेल्बासेले भने । सो नगरमा आफ्नो चुनावी अभियानलाई तिब्रता दिन माओवादी केन्द्रले ५०१ सदस्यीय घरदैलो परिचालन समिति तथा २०१ निर्वाचन व्यवस्थापन समिति र उम्मेद्वारको सुरक्षार्थ वाइसिएलको १५१ सदस्यीय युवा दस्ता गठन गरेको माओवादीले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE