Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

राजनीतिक नेतृत्व इमान्दार भए परिवर्तन सम्भव छ भन्ने स्थापित भयो : प्रचण्ड

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक बलका साथ निश्चित लक्ष्य तय गरेर अगाडि बढ्ने हो मुलुकको आर्थिक समृद्धि र विकासका लागि लामो समय कुर्नु नपर्ने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन र आर्थिक वृद्धिको क्षेत्रमा गरेको सकारात्मक प्रयास आगामी दिनका लागिसमेत प्रेरणाको स्रोत हुने बताए । \"\"आफू प्रधानमन्त्री बन्दा संविधान कार्यान्वयन होला कि नहोला, मधेस केन्द्रित दल स्थानीय तहको निर्वाचनमा आउलान् कि नआउलान् भन्ने खालका आशङ्का कायम रहेको भए पनि सकारात्मक पहलले सकारात्मक नतिजा प्राप्त भएको उहाँको भनाइ थियो । मधेस केन्द्रित दललाई संविधान स्वीकार गर्ने अवस्थामा ल्याइपु¥याइएको, संविधानको सर्वस्वीकार्यता बढेको, पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, –“मुख्य विषय राजनीतिक नेतृत्वले मुलुकलाई कसरी निकास दिने र गुणात्मक रुपमा आर्थिक समृद्धि कसरी हासिल गर्ने भनेर केन्द्रित भयो भने प्रतिफल दिन सकिन्छ भन्ने पछिल्लो दश महिनाले आम जनतामा सकारात्मक धारणा स्थापित गरिदिएको छ ।” सबै राजनीतिक शक्तिलाई एकै ठाउँमा ल्याउने, मधेस, पहाड, हिमाल बीचमा एकता बनाइराख्न आफू र आफ्नो नेतृत्वको सरकार सफल भएको प्रधानमन्त्रीको भनाइ छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन बाँकी भए पनि त्यसको आधारशीला खडा भएको, प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन हुने वातावरण पनि बनेको भन्दै उहाँले स्थानीय तहमा पुगेको अधिकार हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि भएको बताए । प्रधानमन्त्रीले भने, –“२००७ सालदेखि भएका क्रान्ति, जनआन्दोलन, जनयुद्ध हेर्दा यस पटक गुणात्मक र प्रभावकारी काम भएको छ । नयाँ संरचना बनाउँदा केही समस्या त जरुर आउँछ तर त्यसलाई सम्बोधन गरेर जान सकिन्छ भन्ने विश्वास पैदा भएको छ ।” दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्न सकिएको, ‘एक पेटी एक मार्ग’ ९ओबिओर०मा हस्ताक्षर भएको, काठमाडौँ–तराई मधेस द्रुतमार्गको निर्माण प्रक्रिया सुरु भएको, हुलाकी राजमार्ग निर्माणले गति लिएको र महाकालीमा पुल निर्माण तथा अन्य विकास निर्माणका कामसमेत प्रभावकारी तवरले भएको भन्दै प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे । विद्युत्भार कटौतीको अन्त्यसँगै आर्थिक वृद्धिदर २५ वर्षपछि उच्च स्थानमा पुग्नु सफलताको अर्को सूचक रहेको भन्दै प्रधानमन्त्री दाहालले विगतमा के होला, कसो होला भनेर गरिएका सबै प्रकारका आशङ्का विश्वासमा परिणत भएको स्पष्ट पारे । आफ्नो नेतृत्वको सरकारलाई सफल बनाउन मुख्य सचिवको विशेषज्ञाले पनि काम गरेको भन्दै प्रधानमन्त्रीले स्थायी सरकारका रुपमा रहेको कर्मचारी प्रशासनले पनि जनताको पक्षमा काम गर्ने वातावरण पैदा भएकामा खुसी व्यक्त गरे । प्रधानमन्त्रीले भने, –“हाम्रा कर्मचारीतन्त्र सक्षम छ, पारदर्शी पनि छ । राजनीतिक नेतृत्वले नैतिक बलका साथ काम ग¥यो भने सफल बनाउन लाग्छ भन्ने पनि देखिएको छ ।” उनले आज बिदाइ गरे पनि आफ्नो पार्टी र नेतृत्व पुनः सरकारमा आउने भएकाले स्वागत गर्ने तयारी गर्न कर्मचारी प्रशासनलाई आग्रह गरे । कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले प्रधानमन्त्रीलाई बुद्धको प्रतिमा प्रदान गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् उच्चपदस्थ कर्मचारीले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रहेर काम गर्दा मुलुकले प्राप्त गरेको उपलब्धि आफूहरुका लागिसमेत प्रमुख उपलब्धि भएको धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE