Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

पटकपटक सोचिरहेछु– ‘राससमा बम हान्नुपर्छ’

आजको अघिल्लो दिन होस् या सयौं वर्ष पुरानो ‘इतिहास’ इतिहास ‘इतिहास’ नै हो । इतिहासको घडीमा कुनै फेरबदल भइरहन्छ भन्ने मलाई लाग्दैन । तर जिन्दगी र इतिहास अलिक फरक कुरा रैछ । इतिहास आफैमा साक्षी छ । इतिहास कहिल्यै परिवर्तन हुँदैन तर मान्छेको जिन्दगी र सोचहरुलाई  पीडा र त्यसबाट उत्पादित आक्रोशहरुले निर्देशित गर्दाेरहेछ । हो आज मेरो जिन्दगीको आक्रोश चरमोत्कर्षमा पुगेको म आफैं मूल्याङ्कन गरिरहेको छु । म कुनै सम्पन्न परिवारको मान्छे होइन । न त मेरो नाममा केही आना, कट्ठा र रोपनी जग्गा नै छ । सिधा अर्थमा भन्ने हो भने मसँग अहिले केही दर्जन कलम र डायरीहरु छन् । मैले अर्काको डेस्कटपमा यी कुराहरु लेखिरहेको छु । हो, जिन्दगी जिउने आधारहरु प्रशस्त छन् । मान्छेहरु गिट्टी कुटेर पनि बाँचिरहेका छन् । सडकमै सुतेर जीवन जिउनेहरु पनि धेरै छन् । कोही निजामति कर्मचारी होलान्, कोही निजी क्षेत्रमा काम गर्ने होलान् । कोही परदेशी छन् । जो जहाँ भए पनि जे गरे पनि सबैले जसोतसो मृत्युनजिक पुग्ने प्रयत्न गरिरहेकै छन् । अर्थात्, जीवनको गुजारा चलाइरहेका छन् । म मान्छे त्यस्तै एउटा पेसामा छु । प्रस्ट रुपमा भन्नुपर्दा म पत्रकारिता गरेर बाँच्ने प्रयत्न गर्दैछु । मजस्तो युवा बाँच्नु मात्रै ठुलो कुरा हो भन्ने पनि मलाई लाग्दैन । यी मेरा परिवर्तित सोचहरु हुन् ।
‘‘पत्रकारिता यस्तो क्षेत्र हो, जुन क्षेत्रबाट समाज रुपान्तरण गर्न सकिन्छ । पत्रकारिता न्यायालयभन्दा पनि स्वतन्त्र र निश्पक्ष छ’ मैले सोच्ने गर्दथें–‘मेरा पीडाहरुको समाधान गर्न मैले पत्रकारिता गर्नै पर्दछ र समाज रुपान्तरण गर्नु पर्दछ ।’’
मान्छेहरु बाँच्नका लागि हरेक प्रयत्न गर्दछन् । मैले पनि बाँच्नका लागि एउटा प्रयास गर्दैछु त्यो पत्रकारिता नै हो । हो, मैले जिन्दगीभर पत्रकारिता गर्ने निर्णय गरेरै केही जोसजाँगर लिएर झन्डै पाँच वर्षअघि यो क्षेत्रमा झुकाव राख्दै आवद्ध भएको हुँ । यस क्षेत्रमा मेरो झुकाव केही पीडाहरुसंगै जोडिएको थियो । मैले ती पीडाहरुबाट सिर्जित आक्रोशले नै पीडाहरुलाई भुलाउन पत्रकारितामा जोडिने निर्णय गरेको थियो । त्यतीवेला म १६ वर्षको थिए । ‘‘पत्रकारिता यस्तो क्षेत्र हो, जुन क्षेत्रबाट समाज रुपान्तरण गर्न सकिन्छ । पत्रकारिता न्यायालयभन्दा पनि स्वतन्त्र र निश्पक्ष छ’ मैले सोच्ने गर्दथें–‘मेरा पीडाहरुको समाधान गर्न मैले पत्रकारिता गर्नै पर्दछ र समाज रुपान्तरण गर्नु पर्दछ ।’’ भर्खरको एसएलसी पास गरेको १६ वर्षे फुच्चे साइन्समा गरिएको एडमिसन ट्रान्सफर गरेर आमसञ्चार र पत्रकारिता विषय पढ्न थाले । मलाई थाहा थियो, मेरो घरको तत्कालीन अवस्थाले मैले कुन तहसम्म साइन्स पढ्न सक्छु भन्ने । पत्रकारिता गर्ने सोच बनाएको मैले केही व्यक्तिको सहयोगमा कसैलाई थाहा नहुनेगरी काम पनि खोजिहालें । १६ वर्षकै थिएँ सुर्खेतको स्थानीय ‘युग आव्हान’ दैनिक पत्रिकामा काम गर्ने कुरा भयो । पत्रकारिता विषय पढ्न सुरु गरेकाले समाचार लेख्न अलिअलि सिकेको थिएँ । तर रिपोर्टिङसँगै मैले सुरुमा बिहानबिहान पत्रिका बाँड्न थालें । पत्रिकाका ग्राहक बनाउँदै बजारमा हिँडें । केही समयपछि भने म रिपोर्टरका रुपमा मात्रै काम गर्न थालें । एक वर्षपछि त सायद पत्रकार भन्न मिल्ने जत्तिको भइसको थिएँ । तर, अहिले पनि म कन्फ्यूज नै छु पत्रकारको परिभाषामा । त्यतिबेला मैले मासिक ३ हजार तलब पाउथें । ठीक एक वर्ष काम गरिसकेपछि मलाई सुर्खेतकै अर्काे दैनिक पत्रिका ‘काँक्रेबिहार’ (क वर्ग) मा काम गर्ने अवसर मिल्यो । जुन पत्रिका जिल्लाकै पहिलो दैनिक पत्रिका थियो । यसमा मैले थप केही सेवा सुविधा पाएँ । यहाँ काम गर्दा मैले भाषिक शुद्धतासम्बन्धी सिक्ने अवसर पाएँ । पत्रिकासँगै एफएम रेडियोमा समेत काम गर्न थालें । त्यसपछिका दिनहरुमा मोफसलमा निरन्तर रेडियो र छापा पत्रकारितालाई अगाडि बढाउँदा मलाई आनन्द महशुस पनि हुन्छ । जसोतसो बाँचिएको छ । बाँच्न सक्नु नै जिन्दगीको आनन्द हो । करिब तीन वर्ष निरन्तर पत्रकारिता सिक्दा म पनि अरु पत्रकारभन्दा कुनै कुरामा कमी छैन भन्ने महशुस हुन्थ्यो । दिन बिताउन र रहरका लागि पत्रकारिता गर्नेहरुका बीचमा वास्तवमै म सफल पनि थिएँ । छोटो समयमा सम्मान र पुरस्कारको स्वाद पनि चाख्न पाएँ । त्यसै क्रममा वि.स. २०७० सालमा सुर्खेतका लागि राष्ट्रिय समाचार (रासस) को जिल्ला प्रतिनिधि (स्ट्रिन्जर) खालि रहेको सूचना पाएपछि मैले निवेदन दिएँ । आफ्नो बायोडाटा पठाएँ । बायोडाटा पठाएपछि राससबाट फोन आयो, तपाई कति वर्षको ? मैले हाँस्दै जवाफ दिएको थिएँ– ‘मैले बायोडाटामा लेखेको जतिको हो सर ।’ जतिबेला म १८ र १९ वर्षको बीचमा थिए । यद्यपि मलाई राससले सुर्खेतको स्ट्रिन्जरका रुपमा नियुक्ति दियो । राससको नियुक्ति पाएको दिन मैले सकेजति राससको इतिहास खोजें । मलाई लाग्छ सायद राससको बारेमा मलाई जति जानकारी छ त्यति राससका डेस्कमा बस्ने र प्रशासन शाखाका कर्मचारीहरुलाई पनि छैन । म पत्रकारिताको विद्यार्थी भएकोले पनि राससको बारेमा बुझ्न निकै इन्ट्रेस्ट नै थियो । मैले राससमा काम गरेको अवधिभर खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष हुनुन्थ्यो । मैले राससमा करिब साढे एक वर्ष काम गरें । त्यसपछि मलाई थाहा नदिई विनाकारण हटायो । वि.स. २०७१ साउनसम्म काम गरे तर वि.स.२०७० चैत्रपछिको तलब मैले पाएको छैन । समाचारको कुरा गर्ने हो भने मैले पठाएका समाचार कहिल्य सम्पादन गर्नु परेन राससका सम्पादकहरुलाई । समाचार पनि दैनिक प्रकाशन हुन्थे । तर मलाई हटाउनुको कारण मलाई थाहा हुन सकेन । कारण जान्न अत्यास लागेपछि राससमा पटकपटक फोन गर्थे कारण माग्दा जवाफ आउदैन्थ्यो । यो कुराले मलाई अहिले पनि जलाइरहेको छ । हुन त अहिले पनि म मोफसलमा जमेर पत्रकारिता मै लागेको छु । यहाँको पत्रकारिताको लागि मेरो अभाव महसुस गर्दछन मिडिया मालिकहरु तर यतिवेला पत्रकारिताबाट सन्तुष्ट हुन सकिरहेको छैन । यसको कारण राससले मलाई हटायो तर त्यसको कारण मैले अहिलेसम्म पाएको छैन ? मलाई हटाइसकेपछि दुई पटकसम्म भाडा सापटी मागेर सुर्खेतबाट काठमाडाैं रासस अफिसमा पुगेकै हुँ । बाँकी रहेको पारिश्रमिक लिन । तर खै किन हो त्यो रकम पाउनुहुन्छ भन्ने बाहेक अरु केही भएन । केही लामो अन्तरमा दोस्रो पटक रासस अफिसमा म पुगेको थिए । प्रशासनमा पुगेर थप अरु शाखामा माथिल्लो तला पुगे । मैले राससमा एक जना मान्छे पनि चिन्दैन्थे । मलाई पनि कसैले चिन्दैन भन्ने लाग्यो । मलाई मान्छे चिन्नु पनि थिएन । मेरो काम समाचार लेख्नु थियो । म समाचार जति सक्यो धेरै लेख्ने प्रयासमा हुन्थे । सायद मोफसलबाट बाइलाइन सबैभन्दा धेरै समाचार प्रकाशन हुने म नै थिएँ । तर, मैले सोचजस्तो राससमा रहेनछ । सुर्खेतका प्रतिनिधि खेमराज वलीभन्दा राससका धेरै मान्छेहरु मलाई चिन्दा रहेछन् । दोस्रो पटक मैले नचिनेका केही कर्मचारीहरुले नै मलाई सोधे– किन रैछ तपाईंलाई हटाएको, बुझ्नुभयो ? उनी एक पटक मेरो समाचार प्रकाशन भएको फाइल हेर्दै थिए । मैले त्यही कारण खोज्न रासस अफिसमा आएको बताएँ । मेरोभन्दा बढ्ता आक्रोश ती कर्मचारीमा थियो । मलाई देख्दा राससका धेरै कर्मचारीको अनुहार मलिन भयो । झन्डै उहाँहरुका आँखा रसाएका हुन्थे । यस सम्बन्धमा मैले रासस स्रोतबाटै माथिबाट आएको दबाव भन्ने सूचना पाएको थिएँ । मलाई हटाउन दबाव दिने मान्छे सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल हुन् रे । रिजालज्यूलाई भेट्ने मेरो पहुँचकाे कुरा थिएन । संयोगवस सुर्खेतमा भेट भयो । मैले घुमाएर त्यही प्रश्न गरें, मलाई राससबाट हटाउने तपाईं हो रे त ? घुमाएरै उत्तर दिने प्रयास गरे पनि उत्तर आएन । मबाहेक मलाई साथ दिने कोही थिएनन्, छैन र हुँदैन । फेरि पनि मलाई कारण चाहियो । यस सम्बन्धमा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई पनि प्रत्यक्ष भेटेर जानकारी गराएँ । मेरो पहुँच पुगेन । उहाँ व्यस्त हुनुहुन्छ भन्ने मलाई थाहा थियो । मैले केही दिन फोनबाट पनि जानकारी गराएँ तर धेरै दिन उहाँलाई सम्पर्क पनि गरिनँ । मैले पनि सुनेको छु अपराधपछि कारण हुन्छ तर त्यो कारण कुनै ठूलो हुँदैन । जिन्दगीमा पहिलो पटक यो कुरा मलाई सबैभन्दा सत्य लागेको छ । अरुलाई कुनै ठूलो कुरा होइन । राससबाट विना कारण मलाई नै जानकारी नदिएर हटाइनु मेरा लागि अहिलेसम्मकै ठूलो पीडा हो । पहिलाे त मेरो जिन्दगीको सवाल पनि हो । यद्यपि राससविना म बाँच्न नसक्ने होइन तर पीडित हो । मैले आफ्नो सम्पूर्ण कार्य सफलरुपमा गर्दागर्दै हटाइनुको कारण किन नपाउने ? के मेरो अधिकार होइन र ? यही प्रश्नले मात्रै मलाई आक्रोशित बनाउँछ । राससले मलाई हटाएको त एक वर्ष पनि हुन थाल्यो तर कारण थाहा नहुँदा मलाई कहिलेकाहीं अहिले पनि निन्द्रा लाग्दैन । मैले बुझेका र अनुमान गरेका केही कारणहरु छन् तर ती कारणहरु राससले किन पुष्टि गर्दैन ? यसै विषयमा मैले दिमाग खेलाएर धेरै रातहरु बिताइसकेको छु । दिमागी मन्थनबाट मैले विभिन्न किसिमका सोचहरु बनाएको छु ।
बम भन्ने शब्द सोच्न नसक्ने मैले त्यसपछि फेरि सोचें ‘राससमा बम हानेर ध्वस्त पारिदिनुपर्दछ ।’ धेरै समय व्यस्त हुन्छु, फुर्सदमा म अचेल पटकपटक यही सोचिरहन्छु ।
मेरो न्यायालयले आज पुनः मलाई पीडित सावित गरिदिएको छ । तसर्थ, गत राती पनि मैले सोचें म वास्तविक पीडित रहेछु ।  सम्झिएँ रासस । उठ्यो आक्रोशको ज्वाला । बम भन्ने शब्द सोच्न नसक्ने मैले त्यसपछि फेरि सोचें ‘राससमा बम हानेर ध्वस्त पारिदिनुपर्दछ ।’ धेरै समय व्यस्त हुन्छु, फुर्सदमा म अचेल पटकपटक यही सोचिरहन्छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending