Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

‘होचो’ गाउँपालिकाका उम्मेदवारको ‘अग्लो’ एजेन्डा

\"\"झापा, २१ जेठ । मुलुककै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यतिबेला चुनावी रापले तातेको छ । विशेषगरी ठूला चार दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले पनि यहाँ चुनावी माहोल तातेको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै पदमा उम्मेदवार घोषणा गरिसकेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न यहाँका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । झन्डा, पोस्टर, चुनाव चिह्न अङ्कित टि–सर्ट जस्ता प्रचार सामग्रीका साथ उनीहरु चुनावी दौडमा व्यस्त छन् । विकास निर्माणको दृष्टिले पछि परेको यो गाउँपालिकामा सबै दलका उम्मेदवारले विकास निर्माणलाई नै आफ्नो मुख्य एजेन्डाका रुपमा अघि सारेका छन् । सडक, बिजुली, खानेपानी, धार्मिक तथा पर्यटकीयस्थलको विकास नै उम्मेदवारको साझा एजेन्डा बनेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बन्नुभएका हंसनारायण राजवंशीले कचनकवल गाउँँपालिकालाई उत्कृष्ट पर्यटकीयस्थलका रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यहाँ सञ्चालन भइरहेको छ,’ उनले भने – ‘त्यसलाई आत्मसात् गर्दै कचनकवललाई कृषि सहरका रुपमा विकास गर्ने लक्ष्य छ ।’ सडक, बिजुली, पानी लगायतका पूर्वाधार यहाँको मुख्य समस्या भएकाले त्यसको समाधानतर्फ आफू उन्मुख हुने उनको भनाइ छ । ‘यहाँ मजदुर वर्गको बाहुल्यता छ, चिया मजदुर पनि धरै छन्,’ अध्यक्षका प्रत्याशी राजवंशीले भने– ‘मजदुरका समस्या समाधान गर्छौं ।’ बर्सेनि डुबानको समस्या खेप्दै आएका यहाँका बासिन्दा लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने उनको सोच छ । ‘हाम्रो मुख्य एजेन्डा नै विकास र समृद्धि हो,’ कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न चुनावी मैदानमा उत्रिएका कालेन्द्र राजवंशीले भने – ‘यहाँ बाटो, बिजुली, खानेपानीलगायत सबै कुराको समस्या छ । सर्वसाधारण जनताले कष्कटर जीवनयापन गर्दै आएका छन् । उनीहरुको दुःखलाई सुखमा बदल्ने सोच छ ।’ समग्र कचनकवल गाउँपालिकाको विकासतर्फ आफू अग्रसर हुने उहाँले राससलाई बताए । एमालेका तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका शेरबहादुर खत्रीले आफ्नो मुख्य एजेन्डा कृषिको विकास भएको बताउनुभयो । कृषिको विकासबाट मात्र आर्थिक समृद्धि हासिल हुने भएकाले त्यसतर्फ जोड दिएको उहाँको भनाइ छ । ‘घरघरमा सिँचाइका लागि मोटर जडान गर्न सहयोग गर्छौं,’ उनले भने – ‘कृषिसँग सम्बन्धित समग्र क्षेत्रको विकास हाम्रो मुख्य एजेन्डा हो ।’ शिक्षा र रोजगारका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताए । राप्रपाका तर्फबाट अध्यक्ष पदका प्रत्याशी अन्जर आलमले बर्सेनि हात्तीको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुने गरेको बताउँदै त्यसको समाधानका साथै मेची नदीले गर्दै आएको कटान समस्यालाई हल गर्न तटबन्ध निर्माण गर्ने अठोट व्यक्त गरे । उनले भने– ‘राजनीतिक क्रान्ति धेरै भए, अब आर्थिक क्रान्तिको पालो आएको छ, हामी त्यतातिर केन्द्रित भएका छौँ ।’ कचनकवल गाउँपालिका साबिक छवटा गाविस बनियानी, केचना, पाठामारी, बालुबाडी, घेराबारी र पथपरिया मिलेर बनेको हो । यहाँ १३ हजार १३ पुरुष र १२ हजार ७३६ महिला गरी २५ हजार ७४९ मतदाता र ३६ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सातवटा वडामा विभाजित कचनकवल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ३७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस क्षेत्रमा आदिवासी जनजाति समुदायको बाहुल्यता छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE