Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

झापामा नयाँ शक्ति र फोरमको संयुक्त चुनावी प्रचार

\"\"झापा, २१ जेठ । झापाको दमक नगरपालिकामा सबै दलहरुले चुनावी गतिविधिलाई तीव्र बनाइरहेका बेला नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त चुनावी अभियानलाई तीव्र बनाएका छन् । नगरपालिका क्षेत्रमा संयुक्त चुनावी प्रचारमा खटेका दुई दलले दमक नगरपालिकाको प्रमुखमा नयाँ शक्तिका सतिश साह र उपप्रमुखमा संघीय समाजवादी फोरमका गंगा सागर शेर्मालाई अगाडि बढाएका छन् । दुई दलको संयुक्त चुनावी संयन्त्रले नगरपाकिलाको ८ वटा वडामा उम्मेदवार टुंगो लगाएको नयाँ शक्ति पार्टीका दमक नगरपालिका उत्प्रेरक योगेश उप्रेतीले बताए । दुई दलले वडा नं १ मा ओममाया आङ्दाम्बे, ३ मा डम्बर तिमिल्सिना, ५ मा राजु खड्का, ६ मा पुष्प खड्का, ७ मा गजेन्द्र लावती, ८ मा उमेश गजमेर एवं वडा नं १० मा खगेन्द्र न्यौपानेलाई वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । उम्मेदवारको अलवा दुई दलले नगरपालिकामा चुनावी प्रचारलाई तीव्र बनाएका छन् । नयाँ शक्तिले उम्मेदवारी दिएको सबै वडाहरुमा पार्टी वडा कमिटी निर्माण गरिसकेको र बाँकी वडाहरुमा कमिटी निर्माण गर्ने प्रक्रिया जारी रहेको नगर उत्प्रेरक उप्रेतीले बताए । त्यसैगरी चुनावी अभियानलाई तीव्रता दिँदै दुई दलले संयुक्त रुपमा र्यालीसहित घरदैलो कार्यक्रम जारी राखेका छन् । जस क्रममा आइतबार बिहान दमक नगरपालिका वडा नं ५ स्थित हरिहर कोलोनीलगायत बजार क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । यो वडा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको गृहनगर हो । यहाँ नयाँ शक्तिका युवा व्यवसायी राजु खड्काले वडा अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । नयाँ शक्तिले दमक नगरपालिका र वडा नं ५ सहित केही वडाहरुमा आफ्नो उपस्थितिलाई सशक्त बनाउँदै लगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE