Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

बेलिब्रिज निकालियो, खोटाङकाे राजधानीसँग यातायात सम्पर्क विच्छेद

\"\"खोटाङ, २० जेठ । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएसँगै खोटाङ सडक यातायात सम्पर्कबाट विच्छेद भएको छ । बाटोमा पार गर्नुपर्ने खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज शुक्रबारदेखि हटाउन थालिएसँगै यो जिल्ला सडक सञ्जालबाट अलग्गिएको हो । गत मङ्सिर २१ गतेदेखि सञ्चालनमा रहेको बेलिब्रिज निकालिएसँगै जिल्लाबाट तराई जाने र आउने क्रममा दुई ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ । दूधकोसीस्थित जयरामघाटमा पुलको अभावमा हरेकवर्ष अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । बाटोमा पर्ने दूधकोसीको बेलिब्रिज निकालिएपछि जिल्लाबाट काठमाडौँ तथा कटारी हुँदै धरान, विराटनगर, झापा, जनकपुरलगायतका पूर्वी सहर जान र आउनका लागि जयरामघाटमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता सुरु भएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए । दूधकोसीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणकार्य थालेको नौ वर्षमा पनि पूरा हुनसकेको छैन । अस्थायी बेलिब्रिज झिकिएपछि तराईबाट जिल्ला भित्रिने दैनिक उपभोग्य सामान दूधकोसीमा भरियामार्फत गाडीबाट झारेर नदी तार्नुपर्ने र पुनः गाडीमा राख्नुपर्ने समस्याले त्यसको मूल्य बढ्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र मयालुले बताए । “बेलिब्रिज झिकिएसँगै जिल्लावासीको कष्टको दिन सुरु भयो,” उनले भने, “लामो समयदेखि भोग्दै आएको समस्या समाधानतर्फ कसैको ध्यान गएको छैन ।” करिब एघार वर्षअघि हेलिकोप्टरमार्फत गाडी ल्याएर यातायात सेवा सञ्चालन गरिएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । विगत पाँच वर्षदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक ६० लाख भन्दा बढी राज्य कोषको रकम खर्च हुने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE