Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

भारतीयलाई प्राथमिकता दिएको भन्दै स्थानीय व्यवसायीद्धारा हुम्ला बन्द

\"\"हुम्ला, २० जेठ । उद्योग वाणिज्य संघ हुम्लाको अगुवाईमा शनिवार आज हुम्ला बन्द भएको छ । हुम्लाका सम्पूर्ण व्यवसायी, पसललगायतका बन्दबाट प्रभावित भएका छन् । निजी विमान सञ्चालकले मानसरोवर तिर्थ यात्री भारतीय नागरिकलाई मात्र प्राथमिकता दिई स्थानीयलाई हवाई यात्रा, दैनिक उपभोग्यका सामान, विरामीलाई नबोकेको भन्दै उद्योग वाणिज्य संघ हुम्लाले बन्दको आयोजना गरेको हो । वार्ता गर्नको लागि भनेर निजी विमान सञ्चालक हुम्लामा आज बिहानै हावाई जहाजसहित आएको भएतापनि अहिलेसम्म कुनै वार्ताको लागि तयारी नभएको र वास्ता नगरेको प्रति स्थानियले विरोध जनाईरहेका छन् । विमानस्थलको मूख्यद्धारमा स्थानियले ताला बन्द गरेका छन् भने भारतिय तिर्थ यात्री अलपत्र परेका छन् । आफ्नो माग पुरा नभएमा जस्तोसुकै कडा आन्दोलनमा उत्रिने उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्ग्याल तामाङ्गले खबरडबलीलाई बताए । हरेक निजी विमान कम्पनीले दैनिक एक उडान खाद्यान्न, एक उडान स्थानियलाई यात्रा, एक उडान दैनिक उपभोग्यका सामान उडाउनु पर्ने माग राख्दै आन्दोलन गरिरहेको समेत उनले बताए । आन्दोलनको लागि यहाँका सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, स्थानिय व्यापारीले समेत एक्यवद्धता जनाएका छन् । वार्ता गर्नको लागि भनेर आएका सिता ईयर, तारा ईयर, गोमा ईयरका सञ्चालक अहिले सिमिकोटमा रहेका छन् भने सरकारले विमानस्थल सुरक्षाको लागि भन्दै नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरीको बाक्लो सुरक्षा उपस्थिती गराएको छ । हरेक वर्ष निजी कम्पनीले स्थानियलाई हवाई यात्रामा दिएको शास्ती, विरामीलाई उपचार गर्न नपाउँदाको पीडा, दैनिक उपभोग्यको सामानको अभावले महँगी लगायतको समस्याबाट हुम्ली पीडित हुँदै आएको प्रति यो आन्दोलन गरिएको सिमिकोट गाउँपालिकाका उप प्रमूख बली रावतले बताए । अहिले आन्दोलनकारीको बाक्लो उपस्थितीले विमानस्थल र सिमिकोट बजारमा नारा जुलुश गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE