Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

बामदेव गौतम प्रधानमन्त्रीका उम्मेद्वार

\"\"काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनैपनि हालतमा समर्थन नगर्ने बताएका हुन् । उनले भने,‘कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्री बन्न हतारो छ, सत्ताको लागि उहाँलाई निकै हतारो देखिएको छ, त्यसैको उपज हो प्रधानमन्त्री प्रचण्डजीको गलत समयमा आएको राजिनामा, त्यसैले हामी यही गठबन्धनका तर्फबाट देउवाजी प्रधानमन्त्रीमा उठ्नुभयो भने हामी कुनैपनि हालतमा उहाँलाई समर्थन गर्न सक्दैनौं ।’ साक्षात्कारमा बोल्दै नेता पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै गठबन्धनबाट देउवाबाहेक नयाँ विकल्प अघि सारिए आफ्नो पार्टीले समर्थन गर्न सक्ने संकेत गरे । उनले भने,‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट देउवाजीबाहेक अरु कोही वा विकल्प अघि सारिन्छ भने हामी समर्थन गर्छौं ।’ यदि कांग्रेस र माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई उठाउने समेत तयारी भएको उनले जानकारी गराए । उनले भने,‘ हाम्रो तर्फबाट वामदेवजीको बलियो संभावना छ, हामी उहाँलाई नै प्रधानमन्त्रीमा उठाउँछौं।’ नेता पोखरेलले जनता निर्वाचनको पक्षमा रहेकोले दोस्रो चरणको निर्वाचनपनि समयमै हुनुपर्ने बताए । उनले भने,‘नेपाली जनता चुनावको लागि तयार छन्, आँतुर हुनुहुन्छ, तर दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक सारिएकोले केही संशय समेत छाएको छ।’ पोखरेलले निर्वाचनमा भाग नलिने दलहरु जनतामा अधिकार पुर्याउने माध्यमबाट र जनतामा जाने अवसरबाट बञ्चित हुनेतर्फ समेत सचेत गराएका छन् । उनले राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने,‘राजपा नेपाल पनि निर्वाचनमा सहभागी हुन्छ भन्नेमा म विश्वस्त छु, उहाँहरु आउनुहुुन्छ। उनले प्रधानमन्त्री प्रचण्डको राजिनामा अनुचित समयमा आएको भन्दै यो गलत भएको आरोप लगाए । उनले भने,‘राजिनामाको समय छनौट नै गलत भयो, यो अनुचित थियो, यो कुरा दुनियाँलाई नै थाहा भैसक्यो नि।’ उनले प्रचण्डलाई पदबाट राजीनामा गराउन दिनप्रतिदिन बाध्य पार्ने काम भएको समेत आरोप लगाए । उनले भने,‘अघिल्लो दिन राजिनामा दिने र भोलिपल्ट नीति तथा कार्यक्रम आउनु गलत भयो नि, तीन दिन पर्खिएको भए राम्रो हुन्थ्यो।’ उनले प्रधानमन्त्री दाहालको राजिनामा सत्ताको सौदावाजीको उपज भएको समेत आरोप लगाए । पोखरेलले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया आफूहरुले रोक्न नमिल्ने समेत बताए । उनले भने,‘नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया रोक्न मिलदैन् ।’ उनले सहमतीय सरकार गठनको लागि कुनै पहलकदमी नभएको समेत गुनासो पोखे । उनले भने,‘देउवाजीले प्रस्ताव राख्नपनि सक्नुभएन्, किनकी उहाँलाई सत्ताको लागि हतारो छ।’ यद्धपी उनले अहिले नै प्रधानमन्त्री को बन्छ भनेर बोल्नु हतारो हुने समेत दाबी गरे । उनले भने,‘अन्य दल कसरी प्रस्तुत हुन्छन् त्यो हेर्न बाँकी छ ।’ उनले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगले निर्णय दिन ढिलाई गरेको भन्दै आयोगको ध्यानाकार्षण गराए । उनले भने,‘आयोगले निकै विलम्ब गर्यो, निर्वाचन अधिकृतले गर्नुपर्ने निर्णय किन यसरी ढिलाई भैरहेको छ ?’ पोखरेलले च्यातिएको मतपत्रलाई छाडेर अन्य मतगणना अविलम्ब गर्नुपर्ने बताए । उनले आफूहरुलाई ९० मतले खासै प्रवाह नपर्ने समेत बताए । उनले भने,‘हामीलाई जित हारले फरक पार्दैन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE