Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई

\"\"धनगढी, १९ जेठ । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई भएको छ । चुनावी चटारो बढेसँगै गाउँबस्तीमा यतिबेला चुनावी रौनकले छोपिएको छ । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षामा छन् । फलस्वरुप उम्मेदवारले थालेको घरदैलो अभियानलाई मतदाताले पनि साथ दिइरहेका छन् । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकोले यो चुनावमार्फत् आफ्ना प्रतिनिधि चुन्न जनता आतुर देखिएको स्थानीय जागुराम चौधरी बताउछन् । ‘एक पक्षको चुनावीसभा सकिएलगत्तै अर्को पक्षको सभा र भेला भइहाल्छ, चौधरीले भने’—भेलामा उम्मेदवारले आफूलाई विजयी बनाएमा सबै समस्या समाधान गरिदिने अश्वासन दिएर जान्छन् ।’ उम्मेदवारले आकर्षक नारा र अश्वासन बाँडेर जाने गरेपनि चुनावका बेला गर्ने गरिएका यी प्रतिबद्धता चुनाव जितेपछि पूरा नगर्ने प्रवृत्तिका कारण उम्मेदवारका प्रतिबद्धताप्रति भने मतदाता विश्वस्त हुनसकिरहेका छैनन् । अरु बेला जनताका समस्या समाधानका लागि खासै चासो नदेखाउने नेता कार्यकर्ता अहिले हारगुहार गरेर मत माग्न आउने गरेको अनुभव धनगढीका मतदाता श्याम चौधरी सुनाउछन् । ‘जो चुनिएर आए पनि उस्तै हो, रुचाएको उम्मेदवारलाई त भोट हाल्नै पर्ला, उनले भने’। राज्यको पुनः संरचनासँगै पहिलो पटक हुनलागेको स्थानीय तहको चुनावमा चुनिएर आउने जनप्रतिनिधिलाई अधिकार बढी दिइएकोले पनि यो चुनावप्रति सर्वसाधारण र नेता कार्यकर्ताको चासो बढेको देखिएको छ । फलस्वरुप सबै दलमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य पदको टिकटका लागि खिचातानी बढेका छन् । टिकट वितरणमा किचलो देखिए पनि सबैले आ– आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन् । साविकका स्थानीय निकाय र सांसदको निर्वाचनका समयमा हुने चुनावी प्रचारप्रसारको शैली भन्दा यो चुनावको प्रचारशैली फरक ढङ्गको देखिएको छ । प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक टिव्टरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ । ‘यसअघिको चुनावमा सामाजिक सञ्जलको प्रयोग निकै न्यूनरुपमा भएको थियो, स्थानीय टिआर विनाडीले भने “यसपालिको चुनावी प्रचारप्रसारमा भने समाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ ।” चुनावी प्रचारका क्रममा विगत वर्षको जस्तो भित्ते लेखन, पम्ल्पेटिङजस्ता प्रचारका शैली भने रोकिएका छन् । चुनावी चटारोकाबीच कैलाली जिल्लाका सबै स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (मओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, राप्रपाकाबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन मतदाताले गरिरहेका छन् । खासगरी सुदूरपश्चिम ९ प्रदेश नं ७० को प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेका धनगढी उपमहानगरपालिकाको चुनावलाई सबैले बढी चासोका रुपमा हेर्ने गरिएको छ । दलका उम्मेदवारबाहेक उपमहानगरपालिकाको प्रमुख पदमा उद्योगी एवम् कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोपाल हमालले पनि आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन् । हमालले कांग्रेस, एमाले, राप्रपा, नेकपा ९मओवादी केन्द्र०का कतिपय मत आफ्नो पक्षमा पार्ने हुँदा कसको पक्षमा चुनावी नतिजा आउछ भन्न सकिने अवस्था नरहेको एकथरीको विश्लेषण छ । ‘एक भोट विकासलाई’ ‘छ भोट दललाई’ भन्ने नारासहित उनी प्रचारप्रसारमा जुटेका छन् । तर दलका नेता कार्यकर्ताले भने आफूहरुको मत कतै प्रभावित नहुने दाबी गरेका छन् । नेकपा एमालेले उपमहानगर प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मिणि देवकोटा, नेकपा (माओवादी केन्द्र)ले प्रमुखमा रामसमझ राना थारु र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्री, राप्रपाले प्रमुखमा विष्णुबहादुर साहु र उपप्रमुखमा जनक कुँवरलाई उम्मेदवार बनाएको छ । संसद्को ठूलो दल काँग्रेसले भने अहिलेसम्म प्रमुख उपप्रमुखको टुङ्गो लगाउन नसकेको भए पनि वडास्तरका पदमा टिकट पाएकाले चुनावी अभियान गरिरहेका छन् । काँग्रेसले प्रमुखमा कृष्णबहादुर महरा वा नृप ओडमध्ये एक जनालाई र उपप्रमुखमा जीवन राना थारु, सुनिता राना वा सुशीला मिश्र भट्टमध्ये एक जनालाई उम्मेदवार बनाउन लागेको चर्चा बजारमा छ । प्रचारमा रहेका उम्मेदवारले मत माग्दा धनगढीको विकास र समृद्धि गर्ने भन्दै प्रस्तुत गर्ने गरेका योजना र चुनावी प्रतिबद्धता प्रायः समान छन् । तर विगतका चुनावका बेला गरिने प्रतिबद्धता कार्यान्वयन नहुने गरेको गुनासो रहेको अवस्थामा मतदाताले अहिले पनि उम्मेदवारले गरिरहेका प्रतिवद्धताप्रति खासै विश्वास गर्न भने सकेका छैनन् । धनगढी उपमहानगरपालिकाको यसअघि भएका निर्वाचनको मत आँकलन हेर्दा नेपाली काँग्रेस नै बलियो रहेको भए पनि अहिलेको परिस्थिति केही फरक रहेको कतिपयको भनाइ छ । १९ वडा रहेको यस उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE