Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

शिक्षक बेपत्ता भएपछि पालेले निकाले बिद्यार्थीको ‘रिजल्ट’

\"\"बाजुरा, १९ जेठ । बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान बन्दै गएको छ । चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन । विद्यालयमा विद्यार्थी र विद्यालयका पालेबाहेक अरू कोही देखिँदैनन् । सदरमुकाम मार्तडीदेखि करिब एक दिनको पैदल दूरीमा रहेको ढाडाकोटस्थित उक्त विद्यालयका शिक्षकले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरेका थिए । परीक्षा सकिएपछि चैत १२ मा प्रधानाध्यापकसहित सबै शिक्षक परीक्षाफलसमेत प्रकाशित नगरी घर हिँडेको स्थानीयवासीले बताएका छन् । कुनै पनि शिक्षक विद्यालयमा नफर्केपछि विद्यालयका पाले धर्मबहादुर बोहराले परीक्षाफल प्रकाशित गरेका थिए । शिक्षकको लापरबाही यतिमै सीमित छैन । विद्यालयले वैशाख पहिलो सातादेखि भर्ना अभियान सुरु गर्नुपर्ने हो । साथै विद्यार्थीका हातहातमा नयाँ किताबसमेत पुर्याउनुपर्ने हो तर यहाँ अध्ययनरत बालबालिकालाई नयाँ कक्षामा नाम लेखाउने र हातमा नयाँ किताब लिएर फर्किने अवसर पाएका छैनन् । ‘सरहरू नफर्केपछि विद्यार्थीको नाम मैले नै रजिस्टरमा टिपेको छु,’ विद्यालयका पाले धर्मले भने । सरकारी तलबभत्ता खाने तीन र निजी स्रोतका दुई गरी पाँच शिक्षक कार्यरत यो विद्यालयमा वैशाखभर एउटै शिक्षक पनि विद्यालय फर्केनन् । दामोदर रेग्मी प्रअ रहेको यो विद्यायमा शङ्कर जोशी र अम्मकला बोहरा दरबन्दीका शिक्षक हुन् । नैनचन्द्र रोकाया र जयप्रकाश रोकायालाई विद्यालयले निजी स्रोतमा नियुक्ति दिएको छ । शिक्षकको अत्तोपत्तो नभएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले प्रअ रेग्मीलाई बारम्बार फोन गरी कुरा गर्ने प्रयास गरेको तर उनी सम्पर्कमा नआएको बताए । अन्य शिक्षकसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष बोहराले बताए । ‘पटकपटक कुरा गर्न खोज्दा रेग्मीले वास्तै गर्दैनन्,’ अध्यक्ष बोहराको भने, ‘लामो समय विद्यालय बन्द भएर बालबालिकाको भविष्य अन्योलमा पर्ने देखेपछि जिल्ला शिक्षा कार्यालयमा खबर गरेको छु ।’ शिक्षा कार्यालयलाई समेत उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी नभएको होइन । स्थानीय तहमा विद्यालयको अनुगमन रेखदेख गर्ने काम स्रोतव्यक्तिको हो । त्यस क्षेत्रका स्रोतव्यक्ति प्रेमराज रेग्मीलाई उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी छ । उनले पनि शिक्षकको लापरबाहीलाई सामान्यरूपमा लिएको देखिएको छ । ‘हेडमास्टर मान्दैनन् त म के गरूँ रु’, ठट्यौली पारामा स्रोतव्यक्ति रेग्मीले भने । प्रअ रेग्मीले लापरबाही गरेको यो पहिलोपटक होइन । विगत १३ वर्षदेखि सोही विद्यालयमा कार्यरत उनको विगतदेखि नै यस्तै चाला रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा बताउँछन् । ‘गत वर्ष हामीले शिक्षा कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका थियौँ, तर वास्ता गरिएन,’ उनले भने, ‘अहिले त उनी कुरा गर्न खोज्नेबित्तिकै फोन स्विचअफ गर्छन् ।’ कक्षा ५ सम्म सञ्चालन हुने यो विद्यालयमा ११० विद्यार्थी अध्ययनरत छन् । ‘अवस्था थाहा पाएपछि प्रअलाई तत्काल विद्यालय जान निर्देशन गरेको छु,’ विद्यालय निरीक्षक उमेश रेग्मीले बताए । विद्यालयको सेवा क्षेत्रका अभिभावक अप्ठ्यारोमा छन् । ढाडाकोट गाउँ सो विद्यालयको सेवा क्षेत्र हो । अर्को विद्यालय गाउँदेखि करिब डेढ घन्टा टाढा पर्छ । ‘स–साना बालबालिकालाई देवलडाँडा मावि, कुरुमा पठाउन पनि समस्या छ । हाम्रो विद्यालयको हालत यस्तो भयो,’ अभिभावकको भनाइ रहेको छ । ढाडाकोटको बूढीनन्दा मात्रै होइन, जिल्लाका थुप्रै विद्यालयको अवस्था अस्तव्यस्त रहेको विद्यालय निरीक्षक धर्मराज जोशी स्वीकार्छन् । कतिपय विद्यालयमा एउटै किताब पनि पुगेको छैन । कतिपयमा अपुरा किताब छन् । जिल्लाबाहिरका शिक्षक धेरैजसो फर्केका छैनन् । ‘साँच्चै अस्तव्यस्त भएको छ,’ विद्यालय निरीक्षक जोशीले भने, ‘कतिपय विद्यालयमा त चैत सुरुमै हिँडेका शिक्षक अझै फर्केका छैनन् ।’ जिल्ला शिक्षा कार्यालयका कर्मचारीले नियमित अनुगमनमा ख्याल नगर्दा विद्यालय क्षेत्रमा अस्तव्यस्तता बढेको आरोप विगतदेखि नै लाग्दै आएको छ । बूढीनन्दा प्राविकै अध्यक्ष बोहराले दुई घन्टा टाढा घरमा बस्ने स्रोतव्यक्ति रेग्मीलाई पटक–पटक बोलाउँदा पनि विद्यालयको पर्यवेक्षण तथा अनुगमनका लागि कहिल्यै नआए्को बताए । विद्यालयका प्रधानाध्यापक र स्रोतव्यक्तिको लापरबाहीका कारण जिल्लाका कतिपय विद्यालय खुल्न सकेका छैनन् भने कतिपय विद्यालयमा पाठ्यपुस्तक नै पुगेका छैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE