Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

व्यापार घाटा नियन्त्रण अबको मूख्य चूनौति–प्रचण्ड

\"\" काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा नियन्त्रण नेपालका लागि अब मूख्य चुनौति भएको बताएका छन् । बुधबार दिउँसो नेपाल पशु चिकित्सा परिषदका पदाधिकारीहरुको सपथ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामीले अध्याँरो युग बिस्थापित गरेका छौं, आर्थिक बृद्धिदर उत्साहवद्र्धक छ, विकास आयोजनाहरुमा तिब्र प्रगति हुँदैछ, ठूला योजनाहरु निर्माणले गति लिएको छ, आर्थिक परिसूचकहरु सकारात्मक छन् । तर, पनि व्यापार घाटाको स्थिति सन्तोषजनक छैन । अबको हाम्रो चुनौति बढ्दो व्यापार घाटा नियन्त्रण गर्नु हो । यसमा राज्यले नै गम्भीर रुपमा ध्यान दिनुपर्छ ।’ नेपाल पशुपालन र पशुपंक्षी उत्पादनमा आत्मनिर्भर बन्दै गएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे । ‘नेपाल पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ । कृषि र पशुपालनको क्षेत्रमा हामी पुरै आत्मनिर्भर बन्न सक्छौं । तर, हामीले यो क्षेत्रलाई अझै फोकस गर्न सकेका छैनौं । राज्यले गरेको लगानीको राम्रो प्रतिफल आउने क्षेत्र यही हो’, प्रधानमन्त्रीले भने । सो अवसरमा नेपाल पशु चिकित्सा परिषदमा नेपाल सरकार मन्त्री परिषदका जेठ ८ गतेको बैठकले नियुक्त गरेका पदाधिकारीहरुलाई सपथ गराइएको थियो । सपथ लिनेहरुमा अध्यक्षमा डा. सीताराम अर्याल, सदस्यमा स्वयप्रकाश श्रेष्ठ र रजिष्टारमा डा. नारायण प्रसाद घिमिरे रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE