Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भासिएकाे अाठ महिनासम्म पनि पुल सञ्चालनमा आएन

गौशाला, पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातु पुल भासिएको आठ महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरको लापरबाही र ढिलासुस्तीका कारण लामो समय भइसक्दा पनि रातु पुलको दु्रत गतिमा मर्मतसम्भारको काम गर्न नसक्दा पुल अहिलेसम्म सञ्चालनमा आउन नसकेको हो । सो पुल भासिएपछि पूर्व पश्चिम जाने अधिकांश मालवाहक सवारीसाधन जनकपुर, जलेश्वर हुँदै बर्दिबास तीन घन्टाभन्दा बढी समय लाग्ने वैकल्पिक मार्ग प्रयोग गर्दै आएको छ । गत साउन २८ को राति महोत्तरी र धनुषाको सीमा छुट्याउने रातु खोलामा आएको भीषण बाढीको बेला सो पुल भासिएको थियो । सो पुलको ११ नम्बर पिलर जमिनभित्र धसिएपछि झन्डै एक महिना यातायात प्रभावित भयो । पुल भासिँदाको असर पूर्व पश्चिम राजमार्गमा अझै कायम छ ।

अहिले खोलामा बनाइएको वैकल्पिक मार्गबाट सवारीसाधन तारिन्छन् घन्टाैँ पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको छ । विसं २०२८ मा नेपाल सोभियत सङ्घको सहयोगमा रातु पुल निर्माण गरिएको थियो । पुल भासिएको आठ महिना बितिसक्दा पनि सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले अहिलेसम्म खोलाबाट वैकल्पिक मार्ग बनाउन सकेको छैन । सडक कार्यालयको चरम लापबाहीले वैकल्पिक मार्ग बन्न नसकेको बर्दिबासका बासिन्दाको भनाइ छ ।

खोलामा आएको बाढीले बनाएको वैकल्पिक बाटो दर्जनौँ पटक बगाएको भन्दै सडक डिभिजन कार्यालयले वर्षापछि बनाउने बताएको थियो । तर वर्षा गएको आठ महिना बितिसकेको र पुनः वर्षाको मौसम आउन लाग्दासमेत वैकल्पिक सडकको अत्तोपत्तो नरहेको जनगुनासो छ ।

खोलामा वैकल्पिक बाटो नबन्दा आठ महिनादेखि ठूला मालवाहक सवारी चल्न सकेको छैन भने सयौँ सवारीसाधन जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending