Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

माओवादी केन्द्रले लगायो चार नगरपालिकामा प्रमुख–उपप्रमुख उम्मेदवारको टुङ्गो

\"\"इलाम, १३ जेठ । स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा रामकुमार राई र उपप्रमुखमा शान्ता बस्नेतलाई उम्मेदवार चयन गरेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले बताए । यस्तै सूर्योदय नगरपालिका प्रमुखमा राज राई र उपप्रमुखमा टीका घिमिरे तथा माई नगरपालिका प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापालाई छनोट गरिएको छ । नेकपा(एमाले)ले १० स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र अन्य सदस्यको टुङ्गो लगाइसकेको छ । नेपाली कांग्रेसमा पनि उम्मेदवारी प्रक्रिया चलिरहेको छ । केही ठाउँमा उम्मेदवार छनोट गरिसकेको कांग्रेसले आजसम्ममा उम्मेदवार टुङ्गो लगाउने कांग्रेसका प्रचारप्रसार विभागका प्रमुख निरोज खड्गीले जानकारी दिए । साङ्केतिक सामग्री प्रयोगमा प्रतिबन्ध निर्वाचनको प्रचारका लागि राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले टोपी, झोला, टिसर्टजस्ता साङ्केतिक सामग्री प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, प्रतीकचिह्न, झोलाजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री र प्रदर्शनमा रोक लगाउन निर्देशन दिएको छ । यसअघि पहिलो चरणमा समेत प्रयोगमा रोक लगाउन आदेश दिइए पनि कतिपय क्षेत्रमा यसको उल्लङ्घन भएको थियो । यसअघि निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ का मौनअवधिमा मात्र यस्ता सामग्रीको प्रयोग, बिक्री वितरण र प्रदर्शनमा रोक लगाउने उल्लेख गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि एवम सुरक्षा निकायसँग शुक्रबार अन्तक्र्रिया गर्दै जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले आचारसंहिताले रोक लगाएको निर्वाचन चिह्न अङ्कित सामग्रीको प्रयोग नगराउन इलामका सबै राजनीतिक दललाई आग्रह गरे । निर्वाचन कार्यालयले जेठ २८ देखि ३० गतेसम्म सम्बन्धित स्थानीय तहको निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्र उपलब्ध गराउने भएको छ । मुख्य निर्वाचन अधिकृत नवराज दाहालले राजनीतिक दललाई भौतिक पहिचान फरक लिएरभन्दा विचार, सोच र कार्यक्रम लिएर मतदातासम्म जान आग्रह गरे । प्रजिअ जनकराज दाहालले सुरक्षाको दृष्टिले इलाम सुरक्षित रहेको बताउँदै राजनीतिक दलका भ्रातृ सङ्गठनलाई आचारसंहिता उल्लङ्घन हुन नदिन आग्रह गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending