Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चुनाव तयारीका लागि दलहरु तराइका गाउँ गाउँमा

\"\"लहान, ११ जेठ । दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सिरहामा दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा पुग्न थालेका छन् । जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि उनीहरु गाउँ गाउँ पुग्न थालेपछि चुनावी गतिविधिले तीव्रता पाउन थालेका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दलले जिल्लामा चुनावी प्रचार प्रसार अभियानलाई तीव्र पारेका छन् । चुनाव प्रचार प्रसारकै क्रममा नेपाली काँग्रेस सिरहाले बुधबार लहान नगरपालिका क्षेत्रमा मोटरसाइकल ¥यालीसमेत निकालेका छन् । मोटरसाइकल ¥यालीले लहान नगरपालिकाको २४ वटै वडामा परिक्रमा गरिने काँग्रेस सिरहाले जनाएको छ । जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारको छनौट, अगुवा कार्यकर्ताको प्रशिक्षक तथा नियमित बैठक, छलफललगायत गतिविधि गरिरहेको नेपाली काँग्रेस सिरहाका सभापति तथा सांसद रामचन्द्र यादवले जानकारी दिए । त्यस्तै, नेकपा (एमाले) सिरहाले लहान नगरपालिका–१९ सोनामती मझौरामा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक प्रशिक्षण, पार्टी प्रवेशलगायत चुनावी गतिविधि सञ्चालन गरेको एमालेका नेता तथा कार्यकर्तापनि गाउँ गाउँमा पुग्न थालेका छन् । यस्तै, नेकपा (माओवादी केन्द्र)ले पनि सिरहाको गोलबजार नगरपालिका–८ लबटोली जगतपुरमा गाउँस्तरीय भेला सम्पन्न गरेको छ । निर्वाचनलाई लक्षित गरी पार्टी प्रशिक्षण, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने आकाङ्क्षीको सूची तयारी तथा बैठक र छलफल नियमितरुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउन् । उनी भन्छन्, “निर्वाचन र साङ्गठनिक अभियान लिएर गाउँ गाउँका पार्टीका अगुवा नेता तथा कार्यकर्तासँग नियमित छलफल अन्तरक्रिया तथा जिल्लाका स्थानीय तहमा उम्मेदवार हुने आकाङ्क्षीको समेत सूची तयार गरिरहेका छौं ।” संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताउँदै आएका मेधसवादी दलले पनि आन्तरिकरुपमा चुनाव लक्षित गतिविधि गर्दै आएका छन् । निर्वाचनको आन्तरिक तयारीमा जुटेको सङ्घीय समाजवादी फोरम नेपाल धमाधम अरू पार्टीबाट नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउन थालेका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीले पनि आन्तरिकरुपमा नगरपालिका र गाउँपालिकाका लागि सम्भावित उम्मेदवारको सूची बनाइरहेको ती पार्टीका नेताले बताएका छन् । करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी दलहरु गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावी चर्चा–परिचर्चाले समेत व्यापकता पाएको छ । सिरहामा सात नगरपालिका र १० गाउँपालिकाका १५८ वडाबाट कम्तीमा ३१६ महिलासहित ८२४ जनप्रतिनिधि चुनिनेछन् । त्यसमा दलित महिला १५८ जना पर्नेछन् । एक लाख ७५ हजार १८४ पुरुष, एक लाख ५६ हजार ४११ महिला र एकजना तेस्रोलिङ्गी गरी कुल तीन लाख ३१ हजार ५९६ मतदाता रहेको सिरहामा ४२६ वटा मतदान केन्द्र र २१९ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । सिरहामा ३२ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending