Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

काँग्रेसलाई उम्मेदवार छनौटमा सकस

\"\"धनगढी, १० जेठ । दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनौटमा सकस परेको छ । उम्मेदवारका आकाङ्क्षी बढी देखिएपछि छनौटमा समस्या देखिएपनि आज सबै स्थानीय तहमा उठाइने उम्मेदवारको टुङ्गो लगाइसक्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । चुनाव आउन २१ दिन मात्रै बाँकी रहेको अवस्थामा पनि काँग्रेसले कैलालीको धनगढी उपमहानगरपालिकासहितका अधिकांश स्थानीय तहमा उठाउने उम्मेदवारको टुङ्गो अझै लगाउन सकेको छैन । यद्यपि उम्मेदवारको टुङ्गो नलाग्दै काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपालगायतका दलले मतदातालाई आफ्नो पक्षमा रिझाउन चुनावी घरदैलो सभा, अन्तरक्रियाजस्ता कार्यक्रम गर्दै आएका छन् । नेकपा (एमाले)ले भने धनगढी उपमहानगरपालिकाको प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मिणी देवकोटालाई उम्मेदवार बनाउने निर्णय तीन दिनअघि मात्रै गरेको छ । नेकपा (माओवादी केन्द्र)ले पनि उपमहानगरको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय वैशाखमा नै गरिसकेको थियो । यी दुई पार्टीले धनगढी उपमहानगरसहित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारको टुङ्गो लगाइसकेको भएपनि टुङगो लगाइएका कतिपय ठाउँमा अझै कुरा नमिलेको बताइन्छ । कैलालीमा एक उपमहानगर (धनगढी), छ नगरपालिका र छ गाउँपालिकासमेत १३ वटा स्थानीय तह रहेका छन् । यीमध्ये धनगढी उपमहानगरपालिकाको चुनावलाई सबैले बढी महत्व र चासोका साथ हेरिरहेका छन् । ७ नं प्रदेशको एक मात्र महानगरका साथै मुख्य व्यापारिक केन्द्र भएको र पछिल्लो संविधान सभाको चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन जितेको क्षेत्र रहेकाले पनि यो उपमहानगरको चुनावलाई बढी चासोका साथ हेर्ने गरिएको हो । दोश्रो चरणमा निर्वाचन हुने भनेपछि सुरुको अवस्थामा केही सेलाएको यहाँको चुनावी सरगर्मी पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै बढेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending