Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

बजेट अधिवेशनमा अन्य विषय नराखिने

\"\"काठमाडौं, ८ जेठ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएपछि सोमबार आजबाट बजेट अधिवेशन शुरु भएको छ । सरकारको नीति तथा कार्यक्रम घोषणा र कामचलाउ बजेट ल्याउनका लागि बजेट अधिवेशन शुरु हुने संसद सचिवालय जनाएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यताका कारण संसद अधिवेशन आह्वान गरिएकाले दोस्रो चरणको निर्वाचन अघि अन्य कुनै कार्यक्रमहरु संसदको सूचीमा रहने सम्भावना नरहेको सभामुख ओनसरी घर्तीले बताएकी छन् । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुले बजेट अधिवेशनको कार्यतालिका अनुमोदन गरेका छन् । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाका कारण त्यस अघि गरिनुपर्ने छलफललाई ध्यानमा राखि बजेट अधिवेशन शुरु गर्न लागिएको हो । पूर्व बजेट छलफल र नीति तथा कार्यक्रमलाई नियमित प्रकृया भन्दा छोट्याइएको सभामुख ओनसरी घर्तीले बताइन् । उनका अनुसार निर्वाचन अघि सरकारको प्राथमिकता बजेटमात्रै रहेकोले अन्य विषयमा प्रवेश गर्ने कार्यसूची छैन् । उनले भनिन्, बजेटमा केन्द्रीत भएको हुनाले अरु विधेयकको बारेमा अहिले छलफल गरिएको छैन् । पूर्व बजेट छलफल तीन दिन गर्ने गरिन्थ्यो तर अहिले त्यसलाई एक दिनमा झारेका छौं । नीति तथा कार्यक्रमको छलफललाई पनि तीन दिनमा खुम्च्याएका छौं । यसरी समयको चापलाई ध्यानमा राखेर असाध्यै छोटो बाटोवाट कार्यतालिकाको निर्माण गरिएको छ । संसदको कार्यसूची अनुसार मंगलबार पूर्व बजेट छलफल हुने र ११ गते विहिबार राष्ट्रिपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछिका दुई दिन १२ र १३ गते नीति तथा कार्यक्रममा छलफल हुने बताइएको छ । सरकारले प्रतिपक्ष दलसँग भएको सहमति भन्दा वेग्लै किसिमको नीति तथा कार्यक्रम वा बजेट ल्याएमा वा अन्य विषयमा प्रवेश गरेमा संसदमा अवरोध गरिने एमालेले चेतावनी दिएको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, नीति कार्यक्रमकै सेरोफेरोमा बजेट आउने हो । हामीसँगको सहमतिभन्दा पृथक ढंगले सरकार अगाडी बढ्न खोज्यो भने हाम्रो अवरोधलाई सरकारले सामना गर्नुपर्छ । दोश्रो चरणको चुनाव बाँकी रहेकाले निर्वाचन आयोगले पनि लोकरिझाइंका कार्यक्रम बजेटमा नल्याउन सरकारलाई सतर्क गराइसकेको छ । चुनाव र सत्ता परिवर्तनका कसरतमाँझ पूरक बजेटको पनि सँगसँगै तयारी भइरहेको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE