Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

मधेश झरेर प्रधानमन्त्री प्रचण्डले यसो भने ...

\"\"काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका मुद्दा ब्यालेटबाटै संस्थागत गर्न मधेश केन्द्रित दल र मधेशी जनतालाई आग्रह गरेका छन् । जनकपुरबाट प्रकाशित जनकपुर टुडेको १८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, – ‘मधेश केन्द्रित दल र मधेशी जनताको भावनाको मलाई गहिरो हेक्का छ, म आफै १० प्रदेशसहितको संघीयताको पक्षधर हुँ, मधेशमा २ प्रदेश बनाउने मेरो पार्टीको पनि आधिकारिक निर्णय हो । अहिलेको संविधानमा मेरो पार्टीको पनि नोट अफ डिसेन्ट छ । तर, देशलाई निकास दिने र मधेश र मधेशी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु संस्थागत गर्नुको बिकल्प छैन । त्यसका लागि मधेश केन्द्रित दलहरु पनि निर्वाचनमा आउनुपर्छ । आन्दोलन र संघर्षको रुप सधैं एउटै हुँदैन, तपाईहरु पनि ब्यालेटको मोर्चामा आउनुस्, मधेशका मुद्दा ब्यालेटबाटै संस्थागत गरौं ।’ मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा ल्याउन सरकारले अथक प्रयास गरेको प्रधानमन्त्रीले बताए । भने, –‘यो सरकार मधेशका मुद्दाप्रति धेरै संवेदनशील छ, म आफै तीस दलीय गठबन्धनको नेतृत्व गरेको नेता हुँ, मधेशबाटै निर्वाचित जनप्रतिनिधि हुँ, मधेशमा माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ, पारित हुने स्थिति देख्नेबित्तिकै यसलाई मतदानमा लगिनेछ, झुट्टा मुद्दा खारेजीका लागि प्रक्रिया सुरु गरिएको छ, घाइते र शहिदहरुको उपचार र राहतको निर्णय गरिएको छ, यो सरकार जत्तिकै नजिकको सरकार मधेशी दल र मधेशी जनताले पाउन केही वर्ष मुस्किल नै पर्छ ।’ सरकारले चाहनेबित्तिकै अदालतमा विचाराधीन मुद्दा फिर्ता नहुने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, – ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा अहिले पनि १५ वटा मुद्दा छन् । तर, मुद्दा फिर्ताको आफ्नो प्रक्रिया छ, मान्यता छ, हामीले चाहेर मात्रै हुँदैन । अनि, हत्याका घटनामा प्रत्यक्ष संलग्नको हकमा मुद्दा फिर्ता गर्न पनि सकिँदैन । तर, हत्यामा संलग्न नभएकाहरुको झुट्टा मुद्दा भने सरकारले फिर्ता गर्छ ।’ कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता महेन्द्र राय यादव, कांग्रेस नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE