Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

विजय जुलुसपछिको झडपमा ७ घाइते

\"\"धादिङ, ७ जेठ । मध्य धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबार राति नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएपछि आज नेपाली काँग्रेसले धादिङ बन्द गराएको छ । झडपमा काँग्रेस र एमालेका सात कार्यकर्ता घाइते भएका छन् । काँग्रेस पूर्वसभापति रामनाथ अधिकारीको नेतृत्वमा सदरमुकाम धादिङबँेसी बजार बन्द गराइएको थियो । बन्दका कारण सदरमुकामबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार पूर्ण रुपमा बन्द गरिएको छ । आज बिहान नीलकण्ठ क्याम्पस बन्द गरिएको थियो । सदरमुकामका सरकारी तथा निजी विद्यालय पनि बन्द गरिएको छ । बजार बन्द गराइएपछि काँग्रेस कार्यकर्ता चोक चोकमा आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै बसेका छन् । शुक्रबार ज्वालामुखी गाउँपालिका– ३ कोलेमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । गाउँपालिकामा काँग्रेसले अध्यक्षसहित विजय हासिल गरेको र एमालेले उपाध्यक्षसहित बहुमत वडा जितेपछि शुक्रबार छुट्टाछुट्टै विजयसभा गरेका थिए । विजय सभाबाट घर फर्कँदै लगरेका एमाले कार्यकर्ता चढेको गाडीमा वियरको बोतल र ढुङ्गा हानिएको र त्यसपछि झडप भएको एमालेले जनाएको छ । काँग्रेसले भने आफूहरुमाथि आक्रमण गरिएको जनाएको छ । झडपमा काँग्रेसका चार र एमालेका दुई जना घाइते भएको बताइएको छ । झडपका क्रममा गाउँपालिका प्रमुखमा निर्वाचित काँग्रेसका विनोद तिमल्सिना तथा काँग्रेसका नरेन्द्र भट्ट र दामोदर भट्ट घाइते भएका छन् । घाइतेको जिल्ला अपतालमा उपचार भइरहेको छ । भट्टद्वयको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरले घर फिर्ता गराएपछि नरेन्द्रलाई ग्रिनसिटी अस्पतालमा पुनः भर्ना गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । एमालेका अमृत आले, नारायण पुरी र एक बालकसमेत गाडीमा ढुङ्गाले लागेर घाइते भएका छन् । घाइते एमाले कार्यकर्ताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेको स्थानमा प्रहरीले नियन्त्रणमा लिएर सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । घटनास्थलमा थप क्षति हुन नदिन सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । हाल जिल्लाको सुरक्षाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE