Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

पहिलो चरणको निर्वाचनपछि हजार शब्द खर्चेर यस्तो आयो नयाँ शक्तिको विज्ञप्ति

\"\"काठमाडौं, ६ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले विज्ञप्ति जारी गरेको छ । करिब १ हजार भन्दा बढी शब्द खर्चेर विज्ञप्ति निकालिएको छ । संयोजक भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तिमा लामो समयको राजनीतिक अन्यौललाई चिर्दै मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु एउटा ऐतिहासिक उपलब्धि मानिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘हेक्का रहोस्, यो पुरानो स्थानीय निकायको निर्वाचन होइन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन हो ।’ ‘नया“ शक्ति पार्टी केही ठाउ“मा निकट प्रतिस्पर्धामा र केही ठाउ“मा विजयी भयो । समग्र परिणाम निश्चय नै हाम्रो आशा अनुरुप थिएन तर वर्ष दिन अघिमात्र खुलेको र दर्ताका हिसाबले कान्छो पार्टीको राष्ट्रिय रुपमा हामीले पाएको मतका आधारमा हाम्रो उपलब्धिलाई न्यूनीकरण गर्न मिल्दैन । यात्रा बल्ल सुरु भएको छ, अघिल्तिर सम्भावनाका अनन्त क्षितिज उघ्रिएका छन् ।’

विज्ञप्तिको पूर्णपाठ

२०७४ जेठ ६
प्रेस विज्ञप्ति
लामो समयको राजनीतिक अन्यौललाई चिर्दै मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु एउटा ऐतिहासिक उपलब्धि हो । नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानीको जगमा निर्वाचन सम्पन्न हुनु अहिलेसम्मको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने एउटा महत्वपूर्ण खुड्किलो हो । हेक्का रहोस्, यो पुरानो स्थानीय निकायको निर्वाचन होइन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन हो । संविधानसभाबाट जनताले संविधान बनाउन पाउनुपर्छ भनेर निरन्तर लडेको अभियन्ताको हैसियतले जनताले लेखेको नयाँ संविधानलाई संस्थागत गर्ने यो स्थानीय तहको ऐतिहासिक निर्वाचनमा सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन मार्फत् मतदाताले केही सन्देशहरु दिएका छन् । निर्वाचनमा देशका केवल आधा दर्जन पार्टीले विजयी उपस्थिति जनाए । तीमध्ये नयाँ शक्ति पार्टी केही ठाउँमा निकट प्रतिस्पर्धामा र केही ठाउँमा विजयी भयो । समग्र परिणाम निश्चय नै हाम्रो आशा अनुरुप थिएन तर वर्ष दिन अघिमात्र खुलेको र दर्ताका हिसाबले कान्छो पार्टीको राष्ट्रिय रुपमा हामीले पाएको मतका आधारमा हाम्रो उपलब्धिलाई न्यूनीकरण गर्न मिल्दैन । यात्रा बल्ल सुरु भएको छ, अघिल्तिर सम्भावनाका अनन्त क्षितिज उघ्रिएका छन् ।  
वैकल्पिक राजनीतिसँग डराएर षड्यन्त्रपूर्वक हामीलाई दलीय निर्वाचन चिन्ह दिइएन । निर्वाचनमा त्यसको पनि काफी प्रतिकूल प्रभाव पर्‍यो । तथापि छोटो समयमा हामीले अधिकांश स्थानमा उम्मेदवारी दिन सक्नुको प्रतीकात्मक महत्व छ । स्रोत र साधन अभावको चौतर्फी प्रतिकूल परिस्थितिमा हामीप्रति विश्वास व्यक्त गर्ने सबै मतदाताप्रति हामी आभार प्रकट गर्दछौं । यही विश्वासलाई पुँजीकृत गर्दै साथै कमजोरीहरुको इमानदार आत्मसमीक्षा गर्दै वैकल्पिक राजनीतिलाई निरन्तर अघि बढाउने प्रण गर्दछौं ।
पुराना राजनीतिक शक्तिहरुले राजनीतिलाई यो देशको सबैभन्दा ठूलो र भ्रष्ट संगठित उद्योग बनाइदिएका छन् । यो उद्योग विघटन गर्ने र नैतिक राजनीति स्थापित गर्ने काम पक्कै कठीन छ । समाजका जरासम्मै फैलिएको भ्रष्ट पार्टीकरण एकै धक्कामा समाप्त हुँदैन तर यो विषवृक्ष नढलाई हाम्रो राजनीति सङ्लँदैन । काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रका मतदाताले पुराना शक्तिप्रति गहिरो सन्देह व्यक्त गरेका छन् । मत जहाँ जसरी परे पनि राजनीतिलाई बदल्ने प्रवुद्ध मतदाताको यो सचेत प्रयासको म प्रशंसा गर्दछु ।  
पुराना पार्टीहरुसँग सत्ता छ, संशाधन छ, गलत ढंगले जुटाएको स्रोत छ । ती अब राजनीतिक आन्दोलन रहेनन् बरु निर्वाचन परिचालन गर्ने यन्त्र भइसके । सबै हथकन्डा अपनाएर जसरी पनि चुनाव जित्ने उनीहरुको मरिहत्ते दौडको जम्मा ध्येय सत्ता मात्रै हो । सत्ता केका लागि भनेर गम्यो भने, उही अर्को चुनाव जित्नका लागि भन्ने उत्तर फेला पर्छ । यो अर्थहीन उपक्रमको अन्त्य भएमात्र लोकतन्त्रको सही अभ्यास सुरु हुन्छ । 
यो निर्वाचनमा पनि पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको खुलेर प्रयोग गरे र धेरै ठाउँमा वैकल्पिक राजनीतिको प्रतिवद्ध मत पनि सुरक्षित गर्न कठीन भयो । हाम्रो ध्येय पवित्र हुँदाहुँदै पनि जनतासम्म त्यसको सम्प्रेषण गर्न र मत सुरक्षित गर्न हामी पछि परेका रहेछौं भन्ने हामीले स्वीकार गर्नुपर्छ । नयाँ शक्ति पार्टीलाई अझै नयाँ र वैकल्पिक राजनीतिक शक्तिको रुपमा विकास गर्न थप मेहनत गर्नु पर्ने शिक्षा हामीले प्राप्त गरेका छौं । भरपर्दो नयाँ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिहरुलाई रोज्न वाध्य हुन्छन् भन्ने यो निर्वाचनले हामीलाई सिकाएको छ ।
वैकल्पिक राजनीति आजको भोलि नै सत्ता प्राप्त गर्ने राजनीति होइन । हामी यो फोहोरी राजनीतिको तत्कालीन लाभ उठाउन यो यात्रामा छैनौं । बरु यो मौजुद राजनीतिको अर्थहीनतालाई चुनौति दिन र नयाँ राजनीतिक संस्कार र प्रणाली स्थापना गर्ने यात्रामा छौं । निश्चय नै नैतिक राजनीतिको यो बाटो सजिलो छैन । सधैं सजिलो बाटो रोजेर हिँड्ने सुविस्ता खोज्दा यथास्थिति बदल्न सकिँदैन । हाम्रो यो वैकल्पिक राजनीति विजयी नभएसम्म मुलुकको सर्वाङ्गीण उन्नति सम्भव छैन भन्ने बुझेरै हामीले यो आन्दोलन सुरु गरेका हौं । त्यसैले हामी किञ्चित विचलित भएका छैनौं । पहिलो चरणमा प्राप्त जनमतको सम्मान गर्दै हामी अहिल्यैदेखि दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिसकेका छौं ।
झण्डै सात/आठ दशकदेखि राजनीतिक अभ्यासमा रहेका दलहरु र उनीहरुले गाउँटोलसम्म बनाएका संरचना रातारात भत्काउनु सजिलो काम होइन । सामन्तवादविरुद्धको कठीन र लामो राजनीतिक लडाइँले मुलुकमा अति दलीय ध्रुवीकरणको स्थिति पैदा भएको छ । दलहरु विचार, नीति, आदर्शका वाहक भन्दा सत्ताप्राप्ति र स्वार्थपूर्तिका व्यापारिक ब्रान्ड नै बनेका छन् । यसले हामीलाई नागरिक भन्दा बढी कार्यकर्ता बन्नुपर्ने बाध्यात्मक अवस्थाहरु पनि सिर्जना गरेको छ । सुशासन र समृद्धिका लागि अस्वस्थ दलीय भागबण्डाको अन्त्य गर्दै स्वस्थ र प्रतिस्पर्धाको संस्कारलाई बढावा दिनुछ तर यो रातारात हुने काम होइन । फेरि पनि छोटो समयमै मतदाताहरुले साहसपूर्वक कोरिदिएको साँघुरो गोरेटोलाई फराकिलो राजमार्ग बनाउँदै सिंगो मुलुकलाई सुशासनयुक्त समृद्ध राष्ट्र निर्माणमा अभिप्रेरित गर्न हामी कटिबद्ध हुनुपर्छ ।
कुनै खास शहरहरुमा मात्रै केन्द्रित भएर तत्काल चुनावी नतिजाको लागि काम गर्ने कि देशव्यापी वैकल्पिक राजनीतिक अभियान विस्तार गर्ने भन्ने दुई विकल्पमध्ये हामीले दोस्रो विकल्पलाई रोज्यौं । देशको चरम क्षेत्रीय र जातीय विविधताले त्यसको माग गर्दथ्यो । छोटो समयमै पनि पुराना राजनीतिक शक्तिहरुको विकृति र विसंगतिका कारण त्यहाँबाट विकर्षित भएर विकल्पकोलागि जोखिम मोल्न हिम्मत देखाउनुहुने सम्पूर्ण मतदाताहरुप्रति हामी आभार व्यक्त गर्दछौं । राज्ययन्त्रको चरम दुरुपयोग र सत्ताशक्तिको दबदबाको बीचमा पनि विकल्पको बाटो रोज्ने हरेक मतदाताहरुको मनभित्र उम्रिएको विद्रोहको बीज अवश्य पनि छिटै टुसाउनेछ । त्यसले वैकल्पिक वृक्षको आकार लिनेछ भन्नेमा हामी विश्वस्त छौं । प्रारम्भिक पराजय भोग्नु भनेको असफल हुनु होइन । हामी असफल त्यतिबेला हुन्थ्यौं जब हामी यो वैकल्पिक राजनीतिक अभियानमा लाग्ने हिम्मत गर्दैनथियौं । नयाँ शिशुले लड्दैपड्दै नै दौड सिक्छ र सिक्नुपर्छ ।  
कुनै समय संविधानसभाको माग गर्दा पार्टी–सत्ता र राज्यसत्ता दुवैको तारो बन्नु परेको थियो । आज यो माग सर्वस्वीकार्य हुँदै कार्यान्वयनमा गइरहेको छ । यसैगरी सुशासन र समतामूलक समृद्धिका नारा लगाउँदा पनि आलोचित हुनुपर्ने दिनहरु थिए । आज यो सबैको साझा नारा बन्दै गइरहेको छ । एजेन्डाको दृष्टिले नयाँ शक्ति सर्वस्वीकार्य बन्दै गइरहेता पनि यसलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्न आउँदा दिनहरुमा हामीले अझै जोड दिनुपर्ने सन्देश यो निर्वाचनमा मतदाताले दिएका छन् । हामी त्यसलाई विनम्रतापूर्वक स्वीकार्छौं । कतिपयले हाम्रो ‘मृत्युलेख’ लेख्ने हतार गर्नेछन्, तर हामी तिनलाई गलत सावित गरिछाड्नेछौं ।
नयाँ शक्तिका अभियन्ताहरुका लागि चुनावले जहिले पनि नयाँ शिक्षा र अवसर लिएर आएको हुन्छ । यस चुनावी अनुभवले हामीलाइ आफ्नै पुनर्निर्माणको अवसर दिएको छ । हामीले गरेका प्रयासहरुमा कहाँ कमजोरी रहन गयो भन्ने शिक्षा दिएको छ । त्यसबाट शिक्षा लिँदै हामी देशव्यापी रुपमा पार्टी संगठन पुनर्निर्माण र नवनिर्माण गर्दै जनता नजिक जानेछौं, जनतासँग अझै घनिभुत संवाद गर्नेछौं । छोटो समयमा हामीले पाएको यत्रो मत, हामीप्रति जनताले देखाउनुभएको मायाले हामीलाई जिम्मेवारी थपेको छ । यसले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा अझ दृढताका साथ लाग्न र पुराना शक्तिहरुप्रतिको विकर्षणको सही विकल्प बन्न र बनाउन उच्च मनोबलका साथ अगाडि बढ्न शिक्षा प्राप्त भएको छ । अहिले विश्वमा र हाम्रो देशमा वैकल्पिक राजनीतिको अनिवार्यता छ र त्यसको भविष्य उज्ज्वल छ । पहिलो चरणको स्थानीय तहको चुनावको नतिजाले त्यसैको संकेत गरेको छ । हामी त्यसलाई विनम्रतापूर्वक ग्रहण गर्दै निरन्तर अगाडि बढिरहनेछौं ।
धन्यवाद ।
––––––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE