Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

चितवन पुगेर प्रचण्ड भन्छन्–जसले जितेपनि देशले जितेजस्तो लागेको छ

\"\"चितवन, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कुनै दलले जिते पनि देशले जितेको बताएका छन् । कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरको नवनिर्मित केन्द्रीय कार्यालय भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले भने,– ‘निर्वाचन हुँदैन कि भन्ने आशङ्का थियो । निर्वाचन सम्पन्न गर्नु ठूलै चुनौति थियो । हामीले चुनौतिलाई पार लगाएर स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेका छौं । आजभोलि म निकै खुसी छु, टिभी पनि हेर्न छोडेको छु । कसले जित्यो वा हार्यो ? यसमा मलाई कुनै चिन्ता छैन । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कसैले जिते पनि देशले जितेको छ, नेपालले जितेको छ, यो हामी सबै नेपालीको जीत हो, हामी सबैले खुलेर उत्सव मनाऔं ।’ दोस्रो चरणको निर्वाचन चुनौतिपूर्ण भए पनि सम्पन्न गरेरै छोड्ने प्रचण्डले बताए । उनले भने, –‘पहिलो चरणको चुनावभन्दा दोस्रो चरणको चुनाव झन् चुनौतिपूर्ण छ । हामीले दोस्रो चरणको चुनावलाई पनि उत्सवका रुपमा सम्पन्न गर्नुछ । आज नै मैले प्रमूख दलका नेताहरुको बैठक बोलाएको छु । हामी दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवका रुपमा मनाउन प्रतिवद्ध छौं ।’ कृषि तथा बन विज्ञान विश्वविद्यालयबारे चर्चा गर्दै पचण्डले भने, –‘आज मलाई खुसी लागेको छ । म यही क्याम्पसको विद्यार्थी, यसै जिल्लाको बासिन्दा अनि प्रधानमन्त्री पनि । पहिलोपटक प्रधानमन्त्री हुँदा कृषि तथा बन विज्ञान विश्वविद्यालय स्थापना गर्ने अवसर पाएँ, अहिले त्रिवि र कृषि तथा बन विश्वविद्यालयको विवाद समाधान गर्ने जिम्मेवारी पनि मेरै थाप्लोमा आयो । अहिले सरकारले विवाद समाधान गरेको छ । मेरो विश्वास छ, प्रशासकीय भवन जसरी अन्तर्राष्ट्रिय स्तरको बनेको छ, गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरकै हुनेछ ।’ प्रधानमन्त्रीले नेपालमा कृषि क्षेत्र नै जनताको समृद्धि र विकासको पूर्वाधार भएको बताए । केन्द्रीय कार्यालयको समुद्घाटनपूर्व प्रधानमन्त्रीले नवलपरासीमा रहेको शास्वतधामको अवलोकन भ्रमण गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending