Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

माओवादी केन्द्रको चुनावी अभियान सुरु

\"\"गौशाला, १ जेठ । पहिलो चरणको निर्वाचन सकिएलगत्तै आज नेकपा (माओवादी केन्द्र) महोत्तरीले दोस्रो चरणको चुनावका लागि जिल्ला सदरमुकाम जलेश्वरबाट चुनावी अभियान सुरु गरेको छ । ‘गाउँ नगर घरघर जाऔँ, माओवादी केन्द्रलाई विजयी गराऔँ’ भन्ने नाराका साथ माओवादी केन्द्र, महोत्तरीले आजदेखि जिल्लाका तीन नगरपालिका र १२ वटा गाउँपालिकामा चुनावी अभियान सुरु गरेको छ । ‘नेकपा (माओवादी केन्द्र) युवा परिचालन तथा जनसम्बन्ध अभियान–२०७४ उद्घाटन समारोह’ नाम दिइएको चुनावी अभियानलाई आज सदरमुकाम जलेश्वरस्थित महोत्तरी क्लबमा सो पार्टीका सांसद लालेन्द्रकुमार मण्डल, निशा साह, भूपू सांसद भरत साह, बुधनी देवी र कार्यक्रमका प्रमुख अतिथि स्थायी समिति सदस्य राजु खड्काले संयुक्तरुपमा उद्घाटन गर्दै अभियानको शुभारम्भ गरेका छन् । कार्यक्रममा वाइसिएल केन्द्रीय सदस्य शङ्कर महतो र विद्यार्थी नेता सूर्यनारायण साहको नेतृत्वमा दुईवटा अभियान टोली निर्माण गरिएको छ भने दुवै टोलीले आज जलेश्वरबाट अभियान सुरु गरी छ÷छ वटा गाउँपालिका र एक÷एक वटा नगरपालिकाको जिम्मेवारी बहन गर्ने जनाएको छ । आजदेखि आउँदो सात दिनसम्म चल्ने सो अभियानमा माओवादी केन्द्रका नेता कार्यकर्ताले जिल्लाका प्रत्येक गाउँ र घरमा गएर जिल्लावासीलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन तथा माओवादी केन्द्रलाई विजयी बनाउन आग्रह गर्नेछन् । माओवादी केन्द्र महोत्तरीको सो चुनावी अभियान समारोह उद्घाटन कार्यक्रममा पार्टीका करिब एक दर्जन नेताहरुले स्थानीय तहको निर्वाचनको आवश्यकता, महत्व र माओवादीको योगदानबारे आ–आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रम वाइसिएलका जिल्ला इन्चार्ज मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending