Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

वडा स्तरमा माओवादीको चुनावी सभा

\"\"काठमाडौं, १ जेठ । आगामी जेठ ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको तयारीका लागि प्रचारप्रचार अभियानलाई तीव्र पारेको नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाका वडा स्तरमा चुनावी सभा गरिरहेको छ । घरदैलोमा गएर मतदाता भेटघाटसँगै वडा स्तरमा चुनावी सभाहरु भईरहेका नेकपा माओवादी केन्द्रका धनगढी नगर इन्चार्ज रमेश धामीले बताए । धनगढी उपमहानगरपालिकाका सबै वडामा चुनावी सभाहरु गरिने उल्लेख गर्दै उनले हाल सम्म ४ वडामा चुनाव सभा सम्पन्न भईसकेका बताए । माओवादीकै नेतृत्वमा भएको आन्दोलनका कारण राजनीतिक परिवर्तन भएको र सिंहदरबारका अधिकार जनताको घरदैलोसम्म पुगेका भन्दै माओवादीले मतदातासंग मत मागिरहेको छ । देशमा आमूल परिवर्तनको नेतृत्व माओवादीले गरेको र अब विकास र समुन्नती पनि माओवादीकै नेतृत्वमा हुने इन्चार्ज धामीले बताए । ‘१० वर्षे जनयुद्धकै कारण मुलुकमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको हो । माओवादी जनयुद्धको जगमा मुलुकमा आमुल राजनीतिक परिवर्तन भए ।’ माओवादी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य समेत रहेका धामीले भने–‘मुलकमा अब विकास र आर्थिक क्रान्तिको खाँचो छ । निर्वाचनमार्फत हामीलाई मत दिएर त्यसको नेतृत्व पनि जनताले माओवादीलाई दिनेछन् भन्नेमा हामी आशावादी छौं ।’ चुनावी सभासंगै घरदैलोमा गएर मतदाता भेटघाटसंगै स्थानीय स्तरमा जनताका समस्या र गुनासाहरु सुन्ने कार्य भईरहेको माओवादी धनगढी नगर इन्चार्ज निर्मल शाहले बताए । निर्वाचनको प्रचारप्रसारलाई व्यापक बनाइएको उल्लेख गर्दै उनले माओवादीप्रति जनताको उत्साह बढेको दावी गरे । माओवादीले धनगढी उपमहानगरपालिकाको मेयर, उपमेयर तथा सबैजसो वडाका अध्यक्ष र सदस्यका उम्मेदवार घोषणा गरेर प्रचारप्रसार गरिरहेको छ । धनगढीमा अन्य पार्टीले उम्मेदवार तय गर्न सकेका छैनन्, यद्यपि चुनावी प्रचारमा सबै दलहरु लागि परेका छन् । माओवादीबाट धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवार रामसमझ रानाले प्रदेश नम्बर सातको प्रमुख शहरको रुपमा रहेको धनगढीलाई नमुना शहरको रुपमा विकास गर्ने आफ्नो चुनावी एजेण्डा रहेको बताए । उनले छिट्टै आफ्नो चुनावी प्रतिवद्धता पत्र पनि सार्वजनिक गर्न लागिएको बताए । उम्मेदवार रानाले आफू मेयरमा निर्वाचित भए धनगढीमा व्याप्त, डुवान, अतिक्रमणलगायतका समस्या समाधान गर्ने, उपमहानगरपालिकाका सबै क्षेत्रमा समानुपातिक विकास गर्ने र धनगढीलाई अत्याधुनिक सुविधा सम्पन्न शहरको रुपमा विकास गर्ने बताए । यसैबीच नेकपा माओवादी केन्द्रले धनगढी उप–महानगरपालिका–१२, जुगेडामा आइतबार चुनावी सभा गरेको छ । सभामा माओवादी नेताहरुले मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने पार्टीलाई मतदान गरि विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले राजनीतिक परिवर्तनपछि अब देशमा आर्थिक परिवर्तन आवश्यक रहेको र त्यसको नेतृत्व माओवादीले मात्र गर्नसक्ने बताए । कार्यक्रममा माओवादीका धनगढी नगर इन्चार्ज रमेश धामी, नगर अध्यक्ष निर्मल शाह, मेयर पदका उम्मेदवार रामसमझ राना, उपमेयर पदका उम्मेदवार शान्ती अधिकारी, धनगढी–१२, का अध्यक्ष पदका उम्मेदवार खडकराज भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । माओवादी केन्द्रले हालसम्म धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६, ७, १२, १६, मा चुनावी सभा सम्पन्न गरिसकेको माओवादी धनगढी नगर समितिका प्रवक्ता रमेश भट्टराईले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending