Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कार्यवाहक राष्ट्रपति पुनको अपिल

\"\"वैशाख ३१ काठमाडौं , कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन पासाङले सरकार,राजनीतिक दललाई आपसी सम्वाद,सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान गरी दोस्रो चरणको निर्वाचनमा जुटन अपिल गरे । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनुलाई संविधान कार्यान्वयनको ऐतिहासिक सफलताको संज्ञा दिदै उहाँले दोस्रो चरणको निर्वाचन पनि महाउत्सवकै रुपमा सम्पन्न हुने बिश्वास व्यक्त गरे । नेपाली जनताको लामो वलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक खुट्कीलो स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताहरुको भव्यतम सहभागीता र उल्लासमय वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै उनले सन्देशमा भने आजको ऐतिहासिक दिन हामी नेपालीहरुका लागि ज्यादै गौरवपूर्ण दिन हो । स्थानीय तह देशको समृद्धि र सुदृढ् लोकन्त्रको आधार स्तम्भ भएकोले यस निर्वाचनले लोकतन्त्रलाई सुदृढ् गर्नुका साथै समृद्धिको ढोकासमेत खोल्ने छ ।’ ‘स्थानीय तहको पहिलो चरणको निर्वाचन महाउत्सवको रुपमा जसरी सम्पन्न भयो, त्यसैगरी दोस्रो चरणको निर्वाचन पनि साँच्चीकै महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास लिएको छु । सरकार, राजनीतिक दललहरु आपसी संवाद, सहमति र सहकार्यको माध्यामबाट समस्याहरु समाधान गर्दै दोस्रो चरणको निर्वाचनमा जुट्नेमा विश्वस्तता व्यक्त गर्दछु’ स्थानीय तहको निर्वाचनपछि उनले जारी गरेको धन्यवाद सन्देशमा भनिएको छ ‘नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ।’ सिंहदबारमा केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनमा पु¥याउन आफ्नो शासन आफै गर्ने स्थानीय तहको पहिलो चरणको निर्वाचनलाई महाउत्सवको रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्नेसम्पूर्ण मतदाताहरुलाई उनले बधाई तथा धन्यवाद दिए । ‘निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चाकर्मी, पर्यवेक्षक र स्वयमसेवकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछु’ सन्देशमा भनिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending