Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

आठ हजार पर्यवेक्षक मतदान केन्द्रमा

\"\"काठमाडौँ, ३१ वैशाख । लामो समयको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनका विषयमा अनुगमनका लागि ३४ जिल्लाका मतदान केन्द्रमा पर्यवेक्षकहरु पुगिसकेका छन् । विज्ञापनमार्फत छानिएका ४९ सङ्घसंस्थाका आठ हजार १४९ पर्यवेक्षक उपत्यकासहितका ३४ जिल्लामा भोलि हुने पहिलो चरणको निर्वाचन पर्यवेक्षणका लागि सम्बन्धित स्थानमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले दुई चरणको निर्वाचनमा करिब ४९ हजार ९४७ पर्यवेक्षकले पर्यवेक्षण गर्ने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयोगले एउटा संस्थाबाट खटिने पर्यवेक्षकहरू एउटा जिल्लामा भन्दा पनि सबै प्रदेशका हिमाल, पहाड र तराईका करिब सय मतदान केन्द्रमा पुग्नुपर्ने निर्देशन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘‘पर्यवेक्षकले कसरी आफ्नो काम गर्ने भन्ने सीमा तोकेका छौँ । यदि कुनै संस्थाका पर्यवेक्षकले कुनै पार्टीको प्रचार गरेको वा कुनै उम्मेदवारलाई भोट हाल्न मतदातालाई प्रलोभनमा पारेको पाइएमा उनीहरुलाई कारबाही गरिनेछ, जो कसैले पर्यवेक्षक आचारसंहिता विपरीत काम गरेको थाहा पाए आयोगमा जानकारी गराउन अनुरोध छ ।’’ निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पर्यवेक्षणका लागि १२ बुँदे काम कर्तव्य बनाएको छ । आचारसंहितामा मतदानसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग निर्वाचनसम्बन्धी विषयमा स्वतन्त्रतापूर्वक संवाद गर्ने, पर्यवेक्षण आचारसंहिताअन्तर्गत रही निर्वाचनसम्बन्धी विषयमा स्पष्ट हुने, आयोग वा मातहतका अधिकारीहरूबाट जारी गरिएको अधिकार क्षेत्रसम्बन्धी जानकारी लिने, निर्वाचन प्रचार अभियान, मतदाताको निर्वाध आवतजावत, संवेदनशील निर्वाचन सामग्रीहरू ९मतपेटिका, मतपत्र आदि० को ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम र सञ्चारमाध्यममा पहुँच आदि कुराको पर्यवेक्षण गर्ने, निर्वाचनसम्बन्धी प्रक्रियाको विभिन्न चरणमा तोकिएअनुसार राजनीतिक दलहरूको सहभागिता रहे÷नरहेको विषयमा जानकारी लिनुपर्ने कुरा उल्लेख गरिएको छ । पर्यवेक्षक संस्थाले मतदान कार्य पूरा भएको १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन र ३० दिनभित्र अन्तिम प्रतिवेदन अनिवार्य रुपमा आयोगमा बुझाउनु पर्नेछ । आयोगले बनाएको आचारसंहितामा भनिएको छ–‘‘पर्यवेक्षकले निर्वाचन सम्बन्धमा परेको कुनै पनि उजुरी वा गुनासोबारे जानकारी लिने मतदान केन्द्रभित्र प्रवेश गर्दा मतदान अधिकृतको अनुमति लिएरमात्र प्रवेश गर्ने, यसरी प्रवेश गर्दा मतदान केन्द्रको गोप्य कक्षमा प्रवेश नगर्ने, मतगणना स्थलमा निर्वाचन अधिकृतको अनुमति लिएरमात्र प्रवेश गर्ने, निर्वाचन परिणाम घोषणा गर्दा अपनाइने प्रक्रियासम्बन्धी जानकारी लिने पर्यवेक्षणका क्रममा आफूले प्राप्त गरेको अनुभव आदानप्रदान गनुपर्छ ।’’ युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले आफ्नो संस्थाबाट १५० जना पर्यवेक्षक पहिलो चरणमा निर्वाचन हुने सबै निर्वाचन केन्द्रमा पुगिसकेको बताउनुभयो । उहाँले निर्वाचन केन्द्रमा जानुभन्दा अघि पर्यवेक्षकलाई निर्वाचन आचारसंहिता, पर्यवेक्षक आचारसंहिता र समग्र निर्वाचन प्रणालीबारे तीनदिने कार्यक्रम गरी प्रशिक्षित गरिएको जानकारी दिनुभयो । निर्वाचन पर्यवेक्षणका क्रममा कुनै किसिमको विसङ्गति, अनियमितता, धाँधली, डर त्रास देखाई कुनै मतदान केन्द्र वा मतदान केन्द्रको वरिपरि मतदातालाई स्वतन्त्रतापूर्वक मतदानबाट वञ्चित गर्ने कार्य आदि भएको देखेमा सोसम्बन्धी जानकारी तुरुन्त निर्वाचन आयोग÷निर्वाचन अधिकृत÷मतदान अधिकृत÷क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयलाई गराउनुपर्ने पनि पर्यवेक्षकको आचारसंहितामा उल्लेख छ । सरकारले विज्ञापनमार्फत पर्यवेक्षण गर्न चाहने स्वदेशी संस्थालाई दरखास्तका लागि आह्वान गरेको थियो । निर्वाचन पर्यवेक्षक समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले आफ्नो समितिबाट निर्वाचन हुने १८ जिल्लाका लागि १३२ जना पर्यवेक्षक खटाइसकेको राससलाई जानकारी दिनुभयो । पर्यवेक्षकले निर्वाचन हुँदाको अवस्था निष्पक्ष, धाँधलीरहित भए÷नभएकोबारे अनुगमन गर्ने, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिलालगायतका मतदाताले सहज ढङ्गबाट मतदान गर्न पाए÷नपाएको अनुगमन गर्ने उहाँको भनाइ छ । शान्तिका लागि साझा अभियान ९कोक्याप० का अध्यक्ष रेम विश्वकर्माले आफ्ना संस्थाका करिब सयजना पर्यवेक्षक मतदान हुने केन्द्रसम्म भोलि ७ बजेभित्र पुगिसक्ने जानकारी दिनुभयो । यस्ता छन् पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण निर्वाचन आयोगले आचारसंहितामा पर्यवेक्षकले मतदान केन्द्रलगायतका निर्वाचन प्रक्रियामा संलग्न सबै निकायमा जाँदा पर्यवेक्षकले शिष्टाचारको पालना गर्नुपर्नेमा जोड दिएको छ । त्यसैगरी पर्यवेक्षकले आफूलाई अनुमति प्राप्त क्षेत्रको मात्र पर्यवेक्षण गर्नुपर्ने, निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच आउने कुनै कार्य गर्न नहुने, स्वतन्त्र, निष्पक्ष, तटस्थ एवम् वस्तुनिष्ठ ढङ्गले निर्वाचन पर्यवेक्षण गर्नुपर्ने र कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव वा पूर्वाग्रह राख्न नहुने आयोगले जनाएको छ । ‘निर्वाचनका सरोकारवालालाई आक्षेप लगाउने किसिमको व्यवहार गर्न÷गराउन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकहरूले चिह्न, ब्याच लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न गराउन नहुने, निर्वाचन कार्यमा खटिएका कर्मचारीलाई सल्लाह दिन, सूचना प्रदान गर्न र कानुनको व्याख्या गर्न नहुने’ पर्यवेक्षकले पालना गर्नुपर्ने आचरणमा उल्लेख गरिएको । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE