Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

वाणिज्यमन्त्री रोमी गौचन पैसा बाँड्दा–बाँड्दै समातिए

[caption id=\"attachment_131226\" align=\"alignleft\" width=\"750\"]\"\" गाैचनले पैसा बाँडेपछि मुस्ताङमा तनाव भइरहेको छ ।[/caption] मुस्ताङ, ३० वैशाख । कांग्रेस नेता तथा वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई पैसा बाँडेपछि पक्राउ परेका छन् । मन्त्री गौचनले शुक्रबार राति १२ बजे जनताको घरघरमा पुगेर पैसा बाँडेको थाहा पाएपछि सर्वसाधारणले समातेर झुसाङ प्रहरीलाई बुझाएका थिए । त्यस लगत्तै एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रका कार्यकर्ता पुगेर उनलाई राखिएको स्थानमा घेराबन्दी गरे । राति नै प्रहरीको सुरक्षा घेरामा मन्त्री गौचनलाई सदरमुकाम जोमसोम ल्याइएको थियो । मन्त्री गौचनले भोट किन्न पैसा बाँडेकोले रंगेहात समातेर प्रहरीलाई बुझाइएको एमालेका पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए । ‘मन्त्री भएको मान्छे निर्वाचन आचारसंहिताविपरीत पैसा बाँड्ने र भोट माग्ने गरेकोले सर्वसाधारण र दलहरुका कार्यकर्ताले उनलाई समातेर प्रहरीलाई बुझाएका हुन्,’उनले भने, मन्त्रीको पदमा बसेर गौचनले एकसातादेखि पैसा बाँड्ने र भोट माग्ने काम गरेका छन् ।’उनलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको आधारमा कारबाही नगरेसम्म सबै दलहरुको विरोध कार्यक्रम जारी रहने बताए । प्रदर्शनमा एमाले, माओवादी, राप्रपा र स्वतन्त्रका कार्यकर्ता उत्रिएका छन् । मुस्ताङमा स्वतन्त्र उम्मेदवारको ठुलो प्रभाव रहेको छ । माओवादीका नेता गणेश थकालीले मन्त्रीबाट चरम निर्वाचन आचारसंहिता हनन् भएकोले प्रदर्शनमा उत्रन परेको उल्लेख गरे । घरपझोङ गाउँपालिका स्वतन्त्रका अध्यक्ष उम्मेदवार महेन्द्र थकालीले मन्त्री गौचन अनेक बहाना बनाएर कानुन उल्लघंन गर्दे सर्वसाधारणलाई प्रभाव पारेकोले अनुसन्धान गरी कारबाही हुनुपर्ने बताए । मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर स्थानीय यामप्रसाद थकालीको घरमा राखेको छ । प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् । बिहानैदेखि जोमसोम बजारमा कांग्रेसबाहेकका दलहरु र स्वतन्त्रका उम्मेदवार सर्मथित कार्यकर्ताहरुको प्रदर्शन चर्किएको छ । प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै रोकिएका छन् । प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् । सदरमुकामभरि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्रलाई व्यापक खटाइएको छ । आरोप लागेपछि आक्रोशित सर्वसाधारणका कारण शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त भएको छ । मन्त्री गौचनले पैसा बाँडेको सम्बन्धमा अनुसन्धान भइरहेको र शान्ति सुरक्षाका लागि आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भिमराज पोखरेलले जानकारी दिए । मन्त्री गौचन एक सातादेखि यति एयर लायन्सको हेलिकप्टर भाडामा लिएर मुस्ताङको गाउँगाउँ पुगेका छन् । उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै शुक्रबार उनी चढेको हेलिकप्टरमा प्रजिअ पोखरेलसहितको सुरक्षा टोलीले खानतलासी गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending