Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

\"\"डेमोक्र्याटिक पार्टीका नेता मुन जाए इन दक्षिण कोरियाको नयाँ राष्ट्रपति चुनिएपछि विश्वभर चर्चा छ । यो मानेमा कि उनी उदारवादी नेता हुन्, उत्तर कोरियासँगको सम्बन्धको सवालमा पनि । मानवअधिकारवादी वकिलसमेत रहेका मुन सन् २०१२ मा पूर्वराष्ट्रपति पार्क गुन हेसँग पराजित भएका थिए । तर, उनै पार्क भ्रष्टाचार प्रकरणमा दोषी ठहरिएपछि ताजा मतमार्फत नयाँ राष्ट्रपतिको पद मुनकै काँधमा आइपुग्यो । स्मरण रहोस्, सन् १९७० को दशकमा पार्कका पिता अर्थात् तत्कालीन सैनिक शासक पार्क चुङ हीविरुद्ध प्रदर्शन गर्दा मुन जेलको छिँडीमा पुगेको राजनीतिक इतिहास छ । शान्तिप्रिय राष्ट्रपति मुन नेपालप्रिय उत्तिकै छन् । दुईपटक नेपाल भ्रमणमा आइसकेका उनी पछिल्लोपटक जुन २०१६ मा आए । त्यतिवेला मुनलाई १४ दिनसम्म घुमाउने व्यक्ति थिए, भक्तराम लामिछाने । नयाँ पत्रिकासँग ट्रेकिङ गाइड लामिछानेले राष्ट्रपति मुनसँगको यात्रा, बसाइ र उनको स्वभावबारे अनुभव सुनाएका छन् : दक्षिण कोरियाका फोटो पत्रकार थाक जे ह्यन्गसँग मेरो पुरानै चिनजान थियो । उनले मलाई आफ्नो देशका एक उच्च नेताले नेपाल भ्रमण गर्न चाहेको र सघाउन अनुरोध गरे । उनले प्रस्ताव गरेका व्यक्ति थिए, भर्खर राष्ट्रपति चुनिएका मुन जाए इन । नेपालमा भूकम्पपछिको क्षति बुझ्न चाहेको र हिमाली क्षेत्रमा ट्रेकिङ पनि गर्न चाहेको भन्दै मुनको भ्रमणका लागि सम्पूर्ण व्यवस्था मिलाइदिन भने । ह्यन्ग मुनको टिमका फोटो पत्रकार हुन् । पेसाले ट्रेकिङ गाइड नै रहेको मलाई दक्षिण कोरियाका प्रभावशाली नेतालाई नेपाल घुमाउने जिम्मेवारी आउनु खुसीकै कुरा थियो । मैले भ्रमणको प्याकेज तयार पारेर खबर गर्ने वचन दिएँ । पहिलो भ्रमणमा घोरेपानी–पुनहिल मार्गमा ट्रेकिङ गरेका रहेछन्, मुनले । त्यसैले मैले यसपटक लाङटाङ–गोसाइँकुण्ड–धुन्चे ट्रेकिङ मार्ग रोजेँ । त्यही यात्राका क्रममा भूकम्पले भत्काएका संरचना देखाउने योजना बनाएँ र काठमाडौंमा पनि ऐतिहासिक क्षेत्र घुमाउने लिस्ट तयार पारेँ । तयार पारेको प्याकेज ह्यन्गलाई पठाएँ । मेरो प्रस्ताव दायाँ–बायाँ नगरी ‘ओके’ भयो । मुनसहित चारजनाको टोली नेपाल आउने कुरा भयो । १३ जुन २०१६ मा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनुअगावै स्वागतका लागि प्रतीक्षारत थिएँ । टोलीको आगमनलाई मैले स्वागत गरेँ । त्यहाँको भाषामा दख्खल राख्ने भएकाले मुनसँग सीधा कुरा गर्न मलाई कुनै अप्ठ्यारो थिएन । तर, पहिल्यै थाहा थियो, उनी कोरियामा पूर्वराष्ट्रपति पार्कका कारण निम्तिएको राजनीतिक तनावबाट टाढिएर शान्ति खोज्न पनि नेपाल आएका थिए । आफ्नो नेपाल भ्रमण गोप्य राख्न चाहन्थे उनी । त्यसैले विशिष्ट नेता मुनले बासस्थानका लागि काठमाडौंको फाइभस्टार होटेल रुचाएका थिएनन् । उनकै इच्छाअनुसार मैले काठमाडौंनजिकै पुरानो शैलीको होमस्टेमा बासस्थान तयार गरिसकेको थिएँ । सामान्य कुराकानी र खानपिनपछि पहिलो रात बित्यो । भोलिपल्ट सामान्य जिप चढेर काठमाडौं छाड्दै नुवाकोट प्रवेश गरियो । पूर्वनिर्धारित प्याकेजअनुसार मैले नुवाकोटको बेलकोट लैजाँदै थिएँ । भूकम्पले ध्वस्त बेलकोटस्थित आरुखर्क माविसम्म पुर्याउनु थियो । त्यहाँ पुगेपछि उनले पुनर्निर्माण भइरहेको स्कुलमा भोलेन्टियर बनेर दुई घन्टा श्रमसेवा गरे । यसबाहेक काठमाडौंबाटै लगिएको एक लाख रुपैयाँबराबरको विज्ञान विषयको प्रयोगात्मक सामग्री हस्तान्तरण गरे। सकाउनुपर्ने यात्राअनुसार समय निकै कम थियो । त्यही दिन जिपमा रसुवाको स्याफ्रुबेँसी पुगियो । त्यो रात स्याफ्रुबेँसीमै बित्यो । पहिलो दिनको लामो यात्रामै मुनबारे म अचम्मित भएँ । त्यो स्तरको कुनै पनि विदेशी नेता सामान्य जिपमा चढेर कच्ची बाटोको पीडा स्विकार्दै यात्रा गर्न सायद आनाकानी गर्छ । तर, मुनले त यात्रापछि समेत कुनै पीडा या दुःखेसो पोखेनन् । दुःख सहन सक्ने उनको तागत प्रभावित पार्ने खालको थियो । १५ जुनदेखि ट्रेकिङ सुरु भयो, स्याफ्रुबँेसीबाट । घोरेपानी–पुनहिल ट्रेकिङ गरिसकेकाले होला, उनमा आत्मविश्वास प्रस्टै देखिन्थ्यो । सामान्य कपडा लगाएर साधारण स्पोर्ट सुजमै मुन हि“ड्न तयार भए । जबकि सधैँ ट्रेकिङ गाइड गर्ने हामी लवाइमा निकै व्यवस्थित थियौँ । कोरियाबाट आएको टोलीमा नेपालबाट मसहित नौजना थपिएका थियौँ । ट्रेकिङको पूरा अवधि ११ दिनको थियो । स्याफ्रुबेँसी हुँदै रुटका विभिन्न खण्ड पार गर्दै गोसाइँकुण्ड पुगिएको थियो । भूकम्पले पूरै गाउँ भत्किएर सयौँ पुरिएका बस्ती नियाल्दै, भूकम्पकै कारण भत्किएको रुट पन्छाउँदै यात्रा गरिएको थियो । यो अवधिमा मुनको आनीबानी नजिकबाट बुझ्ने मौका मिल्यो । उनी खासै धेरै नबोल्ने स्वभावका रहेछन् । रसरंगका कुरा त गर्दै नगर्ने । छोटो र ठिक्क कुरा मात्रै गर्ने, आफू थोरै बोल्ने र अरूका कुरा सुन्ने गर्दा रहेछन् । ठट्टाभन्दा पनि अरूका दुःखका कुरा सुनेर गम्भीर बन्ने गर्दा रहेछन् । यात्रामा उनले आफू जेल पर्दाको कहानी पनि सुनाए । १९७० को दशकमा तत्कालीन आर्मी शासनले आर्मीको कडा कोर्स गर्न लगाएको रहेछ । ट्रेकिङ रुट आसपासका घरहरू नराम्रोसँग भत्किएको देखेपछि उनी टक्क अडिन्थे । एक टकसँग नियाल्थे र तथ्य बुझ्न चाहन्थे । घटनाको विवरण सुनेपछि निराश हुन्थे । भूकम्पपछि लाङटाङ क्षेत्रमा लजहरू पुनर्निर्माण भएका थिएनन् । समस्या धेरै थियो । तर, मुनले बसाइको असहजता कहिल्यै व्यक्त गरेनन् । यात्रामा उनलाई कोरियन खानाको समेत व्यवस्था गरेका थियौँ । तर, उनले खान रुचाएनन् । नेपाली स्वादमै जोड गरे । कोरियनका लागि वाइन पिउनु चिया पिएजस्तै हो । हामीले ब्रान्डेड रक्सीको व्यवस्था पनि मिलाएका थियौँ । तर, नेपाली घरेलु रक्सीकै स्वाद लिए । राति सुत्नुअघि एक पेग मात्रै लिन्थे । खासमा यात्रामा कसैसँग ठूलो व्यवहार देखाएनन् । जहिल्यै टोलीसँगै बसेर सामूहिक खाना खान रुचाउँथे । ट्रेकिङ रुटमा भेटिएका स्थानीयलाई उनी नमस्कार गरिरहन्थे । नेपालीले स्वागतस्वरूप हाँस्दै नमस्कार फर्काएपछि निकै खुसी हुन्थे । नेपालीको यही बानी बढी मनपर्ने सुनाउँथे । भत्किएका घरमा हाँसिरहेका नेपाली देख्दा उनी प्रभावित हुन्थे र भन्थे, आहा ! दुःखमा पनि कस्तो रमाउन सकेका । मुनले यात्राभर व्यक्तिगत काम कहिल्यै अरूलाई लगाएनन् । गोसाइँकुण्डमा एक–दुई घन्टा मात्रै बस्ने र तल लौरिबिनामा झरेर बास बस्ने प्याकेज योजना थियो । तर, गोसाइँकुण्ड पुगेपछि मुन तल झर्नै मानेनन् । मोहित भए उनी । उनकै जोडबलमा त्यो रात माथि नै बसियो । यात्रामा सबैभन्दा आनन्द गोसाइँकुण्डमै लागेको उनले सुनाएका थिए । ट्रेकिङको अन्तिम दिन धुन्चेमा खसी नै काटेर खुवाइयो । नेपाली स्वादमा बनाएको खसीको मासु खुब मन पराए । तर, फोटो खिच्न भने खासै सौखिन रहेनछन् । समय मिल्यो भने किताब पढ्न रुचाउने स्वभाव रहेछ । ००० ट्रेकिङ सकाएर २६ जुनमा काठमाडौं फर्कियौँ । दरबार स्क्वायर, असन र स्वयम्भूमा पनि घुमाइदिए“ । वनस्थलीमा रहेको एउटा बालगृहमा खाद्यान्न सहयोग गर्न पुगे । दरबार स्क्वायर घुम्दा उनी निराश भए । किनभने, पहिले देखेको दरबार यसपटक भूकम्पले क्षतिग्रस्त भएको थियो । असन घुम्ने उनकै इच्छा थियो । इन्द्रचोकमा लस्सी खाएका उनले इन्द्रचोकमा नेपालको चिनो भन्दै एउटा सर्ट किने । चरेसका थाल र ढलौटका कचौरा पनि किने । असनमा किनेको त्यो सर्ट उनले कोरियामा टेलिभिजन अन्तर्वार्ताहरूमा लगाउने गरेको पनि फोटोमा देखिन्छ । २९ तारिखमा भुटानका लागि काठमाडौं छाड्दाछाड्दै मुनले मौका मिल्दा फेरि नेपाल भ्रमण गर्ने बताएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE