Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एट्लेटिकोसँग २–१ ले हारे पनि रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

\"\"काठमाडौं, २८ वैशाख । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड १५ औं पल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल रियल म्याड्रिडले २–१ गोलले गुमाए पनि समग्रमा ४–२ को नतिजा निकाल्दै लगातार दोस्रो वर्ष फाइनल प्रवेश गरेको हो। रियल म्याड्रिडले उपाधिका लागि युभेन्ट्ससँग भिड्नु पर्नेछ। युभेन्ट्स बुधबार बिहान मोनाकोलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। स्पेनिस क्लब रियल र इटालियन क्लब युभेन्ट्सबीच फाइनल भिडन्त कार्डिफमा ३ जुनमा हुनेछ। यसअघि यी दुई क्लब १९९८ को फाइनलमा भिडिसकेका छन्। हाल रियलको प्रशिक्षक रहेका जिदान त्यतिबेला युभेन्ट्स क्लबमा संलग्न थिए। जुन खेल रियलले जितेको थियो। गत साता आफ्नो घरेलु मैदानमा एट्लेटिको माथी रियलले ३–० गोलको अग्रता बनाएको थियो। त्यतिबेला क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोल गरेका थिए। विहिबार बिहान एट्लेटिको म्याड्रिडको घरेलु भिसेन्ट काल्डेरोन रंगशालामा भएको दोस्रो लेगको खेलमा रोनाल्डोले कुनै गोल गर्न सकेनन्। तर, ४१ मिनेटमा इस्कोले गोल गर्दै भ्रमणकारी रियल म्याड्रिडको फाइनल प्रवेशलाई सुनिश्चित पारे। गत वर्ष रियलसँग फाइनलमा भिडेको एट्लेटिकोले १६ मिनेट भित्र २ गोल गर्दै खेललाई रोचक मोडमा पुर्याएको थियो। ११ मिनेटमा कोकेको कर्नरमा साउल निगुइजले हेडिङ गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेट भित्रै फर्नान्डो टोरेसलाई डिबक्स भित्र लडाएको आरोपमा एट्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो। जसलाई १६ मिनेटमा फ्रेन्च स्ट्राइकर एन्टोन ग्रिजमनले गोलमा परिणत गरे। गत च्याम्पियन्स लिगको फाइनलमा पेनाल्टी सुटआउट गुमाएका ग्रिजमनलाई पुनः पेनाल्टीको अवसर प्रदान गरिएको थियो। उनले यसपालिको ला लिगामा पनि २ पेनाल्टी मिस गरेका थिए। तर, आज उनले कुनै गल्ती गरेनन्। २ गोलको अग्रता बनाएको अवस्थामा पहिलो हाफको खेल सकिन ४ मिनेट बाँकी हुँदा रियलले गोल फर्कायो। यसअघिको खेलमा खासै प्रभावशाली नदेखिएका करिम बेन्जेमाले विपक्षी गोलकिपरको टच लाइनबाट एट्लेटिकोका तीन खेलाडी डिएगो गोडिन, जोसे गिमेनेज र स्टेफान साभिकलाई छलाउदै डिबक्स भित्र निकालेको पासमा पहिले टोनी क्रुसले कडा प्रहार गरेका थिए। क्रुसको प्रहारलाई एट्लेटिकोका गोलकिपर जान अब्लाकले राम्रोसँग सम्हाल्न सकेनन्। जसको फाइदा ३ यार्ड नजिकै बसेका इस्कोले उठाए। उनले गोलपछि एट्लेटिकोलाई जितका लागि थप ३ गोल गर्नु पर्ने दबाब थपिएको थियो। दोस्रो हाफको ६७ मिनेटमा यानिक कारास्को र केभिन गामिइरोले रियलको गोल पोस्टमा गोलको अवसर नपाएका होइनन्। तर, दुवैको प्रहार रियलका गोलरक्षक किलोर नाभासले विफल तुल्याए। आजको खेलमा नाभास निकै सक्रिय देखिए। उनले ७८ मिनेटमा गामिइरोको सम्भावित गोलको अवसरलाई पनि असफल तुल्याएका थिए। एट्लेटिकोका लागि ग्रिजमनले उत्कृष्ट खेल प्रदर्शन गरे। आज उनी चारैतर्फ देखिए। तर, आफ्नो टिमलाई फाइनलमा प्रवेश गराउन असफल भए। अन्तिम मिनेटमा वर्षाले खेल प्रभावित पारे पनि घरेलु टोलीले थप गोल गर्न सकेन् र अन्त्यमा प्रतियोगिताबाट बाहिरियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending