Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नेपाल–बङ्गलादेश कलासाहित्य उत्सव सम्पन्न

काठमाडौँ, नेपाल तथा बङ्लादेशका श्रष्टाहरूका बीच दुई–दिने कला–साहित्य विनिमयको कार्यक्रम शनिवार बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न भएको छ । बङ्लादेशस्थित दुई संस्था— रुट बङ्लादेश र ओइको लिमिटेड— को निमन्त्रणामा नेपालबाट कवि कृष्ण प्रसाई अध्यक्ष रहेको संस्था जरा फाउण्डेसनले संयोजन गरेर ढाका पुर्‍याएका श्रष्टाहरूले बङ्लादेशी साहित्यकार र कलाकारहरूसँग एक–अकार्का सिर्जना साटासाट गरे । ढाकास्थित राष्ट्रिय सङ्ग्राहालायको सभाकक्षमा आयोजित दुई दिने कार्यक्रमको पहिलो दिनको उद्घाटन बङ्लादेशका समाज कल्याण राज्य प्रमोद मानकिनले गरेका थिए । बङ्लादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको समपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका नेपाली गायक प्रदीप बम्जनले नेपाली र बङ्गाली गीत प्रस्तुत गरेका थिए भने नृत्याङ्गना अस्मिता भण्डारी, प्रमिशा श्रेष्ठ र पवन पाठकले नृत्य प्रस्तुत गरेका थिए । बङ्लादेशको तर्फबाट सामूहिक नृत्य तथा रबीन्द्र सङ्गीत प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो दिन बङ्ला एकादेमीका महानिर्देशक समजुज्जमान खानको प्रमुख आतिथ्यमा विचार गोष्ठी, सिर्जना वाचन, काष्ठकला प्रदर्शनी र चित्रकला प्रदर्शनी सम्पन्न गरियो । नेपालको तर्फबाट समालोचक महेश पौड्यालले समकालिन नेपाली साहित्यमा स्थानीय विषयको उठानका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने बङ्लादेशको तर्फबाट बङ्लादेश सरकारका संस्कृति सचिव तथा कथाकार डा. रञ्जीत विश्वासले बङ्ला कथाको विकासक्रमका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्रसिद्ध बङ्गाली कवि तथा सांसद काजी रोजीले टिप्पणी गरेकी थिइन् । नेपाली काष्ठकला विशेषज्ञ नेरेन्द्रबहादुर श्रेष्ठको काष्ठकला प्रदर्शनी र कलाकार नगेन्द्रप्रसाद पौड्यालको चित्रकला प्रदर्शनीसँगै शुरु भएको उक्त कार्यक्रमका नेपाली कविहरू कृष्ण प्रसाई, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, मातृका पोखरेल, सीमा आभास र सिलिगुडीकी लतिका जोशीले कविता सुनाएका थिए भने बङ्लादेशको तर्फबाट प्रसिद्ध कवि रफिक आजाद, काजी रोजी, दिलारा हफिज, हरसित बाला, तारिक सुजात, दिलदार होसैन, सेली सेनगुप्ता, लिली हक आदि कविहरूले कविता सुनाएको थिए । कायक्रमको दास्रो दिन ढाकास्थित नेपाली राजदूतावासले कविता वाचन र सङ्गीतक प्रस्तुतिहरूसहित रात्री भोजको आयोजना गरेको थियो । दुई दिने कार्यक्रम सकेर नेपाली टोली आइतबार काठमाडौँ फर्केको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending