Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

संघीय गठबन्धनमा किचलो, यादव बर्खास्त

[caption id=\"attachment_106425\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं, २४ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट बर्खास्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालको बिजुलीबजारस्थित कार्यालयमा शनिबार बसेको गठबन्धनको बैठकले यादवलाई पदबाट हटाई कारबाही गरिएको जनाएको छ । अाजको राजधानी दैनिकमा खबर छ– संविधान संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलनरत २४ दलीय गठबन्धनले यादव नेतृत्वको फोरम नेपाल गठबन्धनको मुद्दा छाडेर स्थानीय तहको निर्वाचनमा सहभागी भएकाले संयोजकबाट हटाउने निर्णय गरेको हो । गठबन्धनको संयोजकबाट यादवलाई कारबाही गरेपछि राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संयोजक बनाइएको छ । बैठकले ठाकुरलाई सर्वसम्मत संयोजक चयन गर्दै संविधान संशोधनको मुद्दा अगाडि बढाउन जिम्मेवारीसमेत दिएको छ । ‘संघीय गठबन्धनको निर्णय, मूल्य, मान्यता, सिद्धान्तविपरीत संघीय गठबन्धनका तत्कालीन संयोजक उपेन्द्र यादवले मधेसी–थारू, आदिवासी जनजाति, सिल्पी (दलित), मुस्लिम, उत्पीडितलगायत समुदायको मुद्दा विसर्जन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनको संयोजक समेतबाट हटाउने निर्णय गरिएको छ,’ गठबन्धनका संयोजक ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गठबन्धनले उठाउँदै आएको मुद्दा पूरा गराउन ठाकुरले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गठबन्धनमा सहभागी नेताहरूको छ । यसैगरी बैठकले गठबन्धनले अघि सारेका मुद्दाहरू एवं सरकारसँग भएको सहमतिबमोजिम संविधान संशोधन गरी निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ । संविधान संशोधन गरी निर्वाचनको वातावरण नबनाए गठबन्धनले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी सरकारलाई दिएको छ । यता फोरम नेपालका अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले गठबन्धनको बैठक नै नबसी ठाकुर गठबन्धनको स्वघोषित संयोजक बनेको दाबी गरेका छन् । गठबन्धनको बैठकपछि ठाकुरको हस्ताक्षरसहितको विज्ञप्तिमा यादवलाई कारबाही गरिएको सार्वजनिक भएपछि चौरसियाले गठबन्धनको दुरुपयोग भएको दाबी गरेका हुन् । ‘संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताले षड्यन्त्रमूलक ढंगले गठबन्धनको दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ,’ चौरसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैंले आफैंलाई संयोजक घोषणा गर्नु आफैंमा हास्यास्पद छ ।’ ‘ठाकुरको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरूबीचको भावी सम्बन्ध कस्तो हुने ?, मधेसका जनताले यसलाई कुन रूपमा लिनेछन् ?, राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन्, जसको जवाफ राजपा अध्यक्ष ठाकुरले दिनुपर्नेछ,’ यादवका तर्पmबाट जारी विज्ञप्तिमा उल्लेख छ । फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि अहिले सुनियोजित ढंगले चौतर्फी प्रहार गर्दै मधेसविरोधी शक्तिहरूलाई बलियो बनाउन राजपाले षड्यन्त्र गरिरहेको दाबी चौरसियाले गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending