Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

‘माओवादी केन्द्र’ काठमाडौँ महानगरको प्रतिवद्धतापत्र सार्वजनिक, के छ प्रतिवद्धतापत्रमा ?

\"\"काठमाडौँ, २३ वैशाख । नेकपा (माओवादी केन्द्र)बाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले आज आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौँमा रहेको अव्यवस्थित सवारी साधनलाई नियमन गरेर ठूला ठूला बस चलाउने आफ्नो एजेन्डा रहेको बताए । दलीय संयन्त्रको सदस्यको रुपमा आफ्नै पहलमा काठमाडौँ महानगरपालिकाले साझा बस चलाउनका लागि दश करोड रुपैयाँ छुट्ट्याएको जानकारी दिँदै उनले हाल उपत्यकामा ३८ वटा ठूला बस चलेको र त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने तथा काठमाडौँ उपत्यकामा रहेका साना सवारी साधन व्यवस्थित गरिने कार्यलाई प्राथमिकता दिइने बताए । कुल ३९ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै प्रमुखका उम्मेदवार डङ्गोलले उज्यालो नेपाल अभियानलाई अगाडि बढाउँदै राजधानीमा विद्युतीय ट्रली बस चलाउने, महानगरका सडक खाल्डाखुल्डीरहित बनाउने, महानगरभित्र निर्माण भएका मापदण्ड विपरितका घरहरुको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने र भूउपयोग नीति लागू गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ । काठमाडौँ उपत्यकामा जापानी प्रविधिको मेट्रो रेल चलाउन सकिने भन्दै उनले एकाध वर्षमा हुननसक्ने हवाई कल्पनाको पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताए । महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनीको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने लक्ष्य राखिएको जानकारी दिँदै उनले ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरिएको बताए । काठमाडौँ महानगरपालिकालाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने आफ्नो पार्टीको योजना रहेको छ, डङगोलले भने – महानगरमा एक उच्च प्रविधिको सहरी पुस्तकालय, महानगरमा निःशुल्क वाइफाइको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनी रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने जानकारी दिनुभयो । स्वास्थ्य सेवा आम नागरिकलाई सहज एवम् सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए । युवालाई पढाइका साथै अल्पकालीन रोजगारीको व्यवस्था गरिने, सहरी स्वयम्सेवक परिचालन गर्ने, काठमाडौँ महानगरलाई अरु नगरसँग जोडेर मेगा सिटी बनाउने, प्रत्येक ६÷६ महिनामा स्थानीय सरकारको मूल्याङ्कन गर्ने र जनताको कठघरामा उभिने प्रणालीको विकास गर्ने तथा अनियन्त्रित फुटपाथ व्यवस्थित गर्ने योजना रहेको डङगोलको भनाइ छ । पत्रकार सम्मेलनमा उपप्रमुखका उम्मेदवार सुशीला पौडेलले लोडसेडिङको अन्त्यपछि काठमाडौँमा आफूहरु र आफ्नो पार्टीप्रति जनताको विश्वास बढेको भन्दै नयाँ नेपालको सपना साकार हुने बताइन् । यो निर्वाचन विगतको जस्तो स्थानीय निकायको निर्वाचन नभई सिंहदरबारमा रहेको अधिकारलाई जनताको घरआँगनमा पुग्ने भएकाले विशेष महत्वको रहेको उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE