Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे मर्यो

\"\"चितवन, २३ वैशाख । शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये दुई वटा पोथी बाह्रसिङ्गे मरेको आज जानकारी दिए । केही दिनअघि एउटा बाह्रसिङ्गे ल्याएकै दिनमा मरेको हो भने अर्को ल्याएको एक दिनपछि मरेको हो । टाढाबाट १६,१७ घन्टाको यात्रामा ल्याइएकाले दबाब परेको र गर्मी पनि बढेकाले बाह्रसिङ्गे मरेको अनुमान गरिएको निकुञ्जले जनाएको छ । बाह्रसिंगे अति संवेदनशिल जनावर हो । गर्मी बढेकाले अहिले स्थानान्तरण प्रक्रिया स्थगित गरिएको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार निर्वाचनमा कर्मचारी पनि खटाउनु पर्ने अबस्था आएकाले पनि कार्यक्रम रोक्नु परेको हो । चितवन निकुञ्जमा ल्याइएको सात मध्य २ वटा बाह्रसिंगे मरेपछि पाँच वटा मात्रै रहेका छन् । जसमा २ भाले र ३ पोथी रहेको अर्यालले जानकारी दिए । कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ वटा बाह्रसिंगे ल्याउने योजना छ । जाडो मौसमको उपयुक्त समयमा अन्य बाह्रसिंगे ल्याईने निकुञ्ज विभागका महानिर्देशक खड्काले जानकारी दिए । स्थानान्तरणको काम यही वैशाख १३ गतेदेखि शुरु भएको थियो । बाह्रसिंगे नियन्त्रणमा लिन चितवन निकुञ्जका बरिष्ठ पशु चिकित्सक कमल गैंरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिकहरु गरी ३० जनाको टोली खटिएका थिए ।सरकारी निर्णय अनुसार प्रजाती संरक्षण र विस्तारका लागि यसरी स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । चितवन निकुञ्ज भित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना र बाह्रसिंगे राखिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending